No ads found for this position

विद्यालयमा धर्म प्रचारप्रसार रोक्न प्रसासनलाई ज्ञापनपत्र

NAWALPUR TIMES
प्रकाशित : २०७६ पुष ७ गते ९:०५
No ads found for this position
विद्यालयमा धर्म प्रचारप्रसार रोक्न प्रसासनलाई ज्ञापनपत्र
No ads found for this position

कावासोती । क्रिसमश डे को दिन नवलपुरमा विद्यालय भित्रै बालबालिका माझ धर्मको प्रचार गर्ने ध्येयले विद्यालय भित्रै क्रिसमश डे मनाउने थालेको भन्दै त्यसको विरोध भएको छ ।
आइतबार जिल्ला प्रशासन कार्यालय नवलपुरका साथै प्याप्सन र एनप्याव्सन नवलपुरलाई ज्ञापन पत्र बुझाउँदै विभिन्न संगठनहरुले त्यसको विरोध गरेका छन् ।
नेपाल सनातन धर्म संस्कृति संगठन नवलपुर, वैदिक धर्म परिषद नेपाल नवलपुर, शाही युवशक्ति नेपाल नवलपुर, राप्रपा नवलपुर र वैदिक नेपाल युवा परिषद नवलपुरले जिल्ला प्रशासन कार्यालय नवलपुरमा प्रमुख जिल्ला अधिकारी विष्णु कार्की समक्ष ज्ञापन पत्र बुझाउँदै यस्तो माग गरेको हो ।


ज्ञापन पत्रमा क्रिसमस डेको दिन सबै बालबालिकालाई रातो टोपी लगायतका क्रिसमस पोशाक प्रयोग गर्ने तयारी भएकोले त्यसलाई रोक्न माग गरिएको छ ।
त्यसैगरी ज्ञापन पत्रमा केही व्यक्तिले आर्थिक प्रलोभनमा पर्न लागेर यस्तो गर्न खोजिएको आरोप समेत लगाइएको छ । पुस ९ गते क्रिसमस डे परेको छ ।
उनीहरुले कावासोती नगरपालिकाका नगर प्रमुख चन्द्रकुमारी पुनलाई पनि ज्ञापन पत्र बुझाएका छन्।

प्रकाशित : २०७६ पुष ७ गते ९:०५
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI