No ads found for this position

मैले किसुनजीलाई सोधे -यत्रो बर्ष कुन प्रेरणाले जेल बस्नु भो ?

NAWALPUR TIMES
प्रकाशित : २०७६ पुष ७ गते १२:४०
No ads found for this position
मैले किसुनजीलाई सोधे -यत्रो बर्ष कुन प्रेरणाले जेल बस्नु भो ?
No ads found for this position

जयप्रकाश आन्नद,

हामी एक दुई उपवाद वाहेक कोईराला परिवार कै सदस्यहरूबाट कोठा भरिएको थियो । यो त्यही कोठा हो, जहाँ केशव प्रसाद कोईरालाको देहावसान भएको थियो । यस्तै अनेकन् भावनात्मक लगावका कारणले नोना कोईराला यसलाई आफ्नो निजी कोठा बनाउनु भएको थियो ।

किसुन जी को व्यक्तित्वको चर्चा गरिरहनु पर्दैन । सफा, स्निग्ध र प्रफुल्ल किसुन जी घुँडा माथिसम्मको धोती र कमिज लाएर त्यही भूईमा बस्नु भएको थियो । कोईराला बर्चस्वको पारिवारिक माहौलमा किसुन जी को बज्रासन बसाईले उहाँलाई एउटै सतहमा बसेकाहरू मध्ये सबैभन्दा अग्लो बनाएको थियो ।
गिरिजा बाबू त्यहाँ हुनु हुन्थेन । बहुदलीय व्यवस्थाको पुनर्स्थापना पछि देशको शक्तिशाली प्रधानमंत्रीको रूपमा किसुन जी पहिलो पटक बिराटनगर कोईराला निवास पुग्नु भएको थियो । नोना कोईरालालाई उहाँले सधैं नोना जी भनी सम्बोधन गर्नु हुन्थ्यो । उ बेलासम्म गिरिजा बाबू प्रधान मंत्रीको दाबेदार हुने कुरै थिएन । अन्तरिम सरकार थियो । संबिधान नै आएको थिएन । निर्वाचन नै भएको थिएन । यस बेला किसुन जी सबै काँग्रेसजनका आखाँका तारा र अपेक्षाका सबैभन्दा अग्ला व्यक्ति हुनुहुन्थ्यो । उहाँको स्वागतमा नोना कोईरालाको खुट्टा भूईमा थिएन । दुश्मनलाई पनि घरमा माया गर्ने कोईरालाहरूका सामु त्यस बेला सबैभन्दा प्रिय पात्र जो थिए । फेरी किसुन जी नोनाको लागि नेता मात्र थिएनस राम नगरकी छोरी नोनाका लागि किसुन जी पारिवारिक पुरोहितका बंशज थिए, जो प्रजातन्त्र स्थापनाको लडाईमा कोईरालाहरूको ईगो सफल भएको प्रतिकको रूपमा त्यस दिन त्यहाँ हुनुहुन्थ्यो ।

हामी मस्का भन्छौ नि, मस्का लगाउने , किसुन जी नोनालाई मस्का लगाउदै हुनुहुन्थ्यो । हामी तिर हेर्दै भन्नु भोस् बुझ्नु भो, म जेलमा हुदाँ सधै नोना जी को हातबाट बनेको खाना सम्झेर बस्थे । सात सालमा बिराटनगर मजदूर हडतालका दौरान राणाहरूले एउटै डोरीमा बाँधेर कोईराला परिवारका महिला समेत नौ जनालाई बिराटनगरबाट अड्डासार गरेर काठमांडू पुर्याएको स्मरण गर्दै नोनालाई सोही परिवारका बीरांगना भन्दै
हुनुहुन्थ्यो ।

नोनाले पस्कनु भएकी रेड लेबल ह्वीस्कीका केही पेगपछि किसुन जी अचानक गंभीर हुनुभयो । विस्तारै उहाँका कुराहरू बढी दार्शनिक, आस्थामय र आध्यात्मिक हुदै गयो । बद्रि बस्नेत, अशोक कोईराला, हरि सापकोटा, रमेश धिमिरे, उमेश गिरी, बशन्त भट्टराई, नगेन्द्र ढुंगेल हामीहरू थियौं । यिनै जमात तर्फ हेर्दै किसुन जी ले सोध्नु भो, ल भन्नुस् म कुन शक्तिको प्रेरणाले सोरह बर्षसम्म जेल बस्न सकेहुलाँ रु यो सबैका लागि समस्या खडा गर्ने जिझासा थियो । संसारिकतामा नफसेको, आध्यात्मका उपासक, चरित्रका हठी, स्वभावका रमाईलो र व्यवहारका कुशाग्र(यो र यो भन्दा धेरै अन्तरनिहीत अदृश्य ज्ञानगुणका किसुन जी यत्रो बर्ष कुन प्रेरणाले जेल बस्नु भोस यो भन्ने सामर्थ्य त्यहाँ कसैमा थिएन ।

शक्तिमा मानिस देवत्व देख्छ । राजालाई त हामीले अवतार नै मान्यौं । राजा महेन्द्रले सत्ता हत्याएपछि भारतका तत्कालिन राजदूतले दूतावासको कार्यक्रममा राजाको आरती नै उतारे । हिन्दूहरूको सबैभन्दा लामो पुजाआजा त शक्ति पीठहरू मै हुन्छ । शक्तिका अगाडी संगै जेलमा रहेका श्रीभद्र शर्मा,रूद्र प्रसाद गिरीहरू टिक्न सकेनन् । म स्वयं यही आस्थाको परिवेश र व्यवहारमा बाँचेको मानिस के अर्थमा अलग छु र

किसुन जी मा जीवनका तत्ववोधहरूले ठाँउ ओगट्दै गएको थियो । हामी सब मौन रहेर, किसुन जी का कुराहरू गमिरहेको देखाएर मौन दार्शनिक भै सकेका थियौं । अर्थशास्त्रीका वारेमा भन्छन निस चार जना घाघरान अर्थशास्त्रीका बीच बसेका पाचौं अज्ञानी त्यतिंजेल मात्र अर्थशास्त्री हुन्छ, जबसम्म त्यो अर्थशास्त्रका वारेमा बोल्दैनन् । किसुन जी का सामुन्ने हामी त्यस्तै भएका थियौं । म त निश्चय नै ।

तर, ससाना कुरामा रिसाउने, असन्तुष्ट भैरहने, हर बखत आफु मै पुरूषार्थ देख्ने हामी जस्ताका लागि भने यो गर्हुंगो सवाल थियो कि कुन प्रेरणाले किसुन जी यत्रो लामो समयसम्म अविचलित रूपमा, अडिग भै जेलमा बस्न सक्नु भयो १

उहाँ भन्दै हुनुहुन्थ्योस नोना जी, राममणि आचार्य दी़क्षित जस्ता उ बेलाको प्रशासकहरू आउथे, सादा कागज छोडेर जान्थे । किसुन जी मनमा जे आउँछ, चार लाईन लेखेर दिनोस् । जेलबाट रिहा हुनोस् र गर्नुस राजनीति भन्थे । धेरैले यसो गरेका पनि थिए । कतिपय पटक आफु गलेके र भोली बिहानै छुट्ने बाटोमा बढने प्रबल ईच्छा बन्ने गरेको निश्चयी भएर राती सुत्ने गरेको सुनाउनु भयो । तर, बिहान बिषम् अवस्थामा प्रति दिन बिताउने गरेका साथी भाईहरूको प्रतिबद्धताबाट आफुले ती कुराहरूलाई बिर्सने गरेको सुनाउनु भयो ।

ूधेरैले प्रारब्धलाई मानिसको बाह्य देखिने उपलब्धि ठानेका हुन्छन् । होईन, प्रारब्ध भनेको आन्तरिक दृढता हो । अध्ययनको आर्जनबाट मानिसको मनमा प्रारब्धको निर्माण हुन्छ । यहि प्रारब्धले बाह्य परिणाम दिन्छ । प्रतिकूलतासंग लडने क्षमता दिन्छ । यही क्षमता मैले जेलमा आर्जन गरे र म यत्रो लामो समयसम्म टिक्न सके।।१ू किसुन जी से कमसे कम मलाई त यन्त्रवत् श्रोता बनाउनु भएको थियो त्यस दिनको राती । ह्वीस्की फिका भएको थियो । जीवनमा अमिट रंगहरू थपिएको थियो । मध्य रात्रीसम्म सम्झेर लेखि ती कुराहरू लेखि बसें ।

उहाँले नोना आमा तिर उन्मुख हुदै भन्नु भयोस नोना जी यही त्यो कुरा हो जो तपाईको कूल पुरोहितलाई देशको प्रधानमंत्रि बनायो । मैले राम्ररी ठ्म्याएको थिए, नोना आमाको अनुहार किसुन जी को प्रारब्धमा त्यस दिन गौरवान्वित देखिएको थियो ।

म आज सम्झिन्छु, नेपालको राजनीतिमा थोरै समयभित्र सबकुछ कसरी फेरियो । राजनीतिको ध्येय पनि, औचित्य र परिभाषा पनि।

(लेखक:नेपाल प्रेस युनियनका संस्थापक अध्यक्ष हुनुहुन्छ)

प्रकाशित : २०७६ पुष ७ गते १२:४०
No ads found for this position
Copyright © 23 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI