राहत शिक्षक लागि छुट्टै नीति : मन्त्री पोख्रेल

NAWALPUR TIMES
प्रकाशित : २०७६ पुष ७ गते १२:४९
राहत शिक्षक लागि छुट्टै नीति : मन्त्री पोख्रेल

रासस

शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले राहत शिक्षकको व्यवस्थापनका लागि सरकारले छुट्टै नीति ल्याउने तर स्वतः स्थायी नबनाउने बताउनुभएको छ । नेकपा स्थायी कमिटी आमन्त्रित सदस्य पेशल खतिवडाका पिता मनोरथ खतिवडाको श्रद्धाञ्जलिसभामा मन्त्री पोखरेलले सरकारले आउँदो हिउँदे अधिवेशनबाट शिक्षासँग सम्बन्धित तीनवटा महत्वपूर्ण विधेयक पास गर्न लागेको जानकारी दिनुभयो । त्यसलगत्तै राहत शिक्षकको व्यवस्थापनका लागिसमेत सरकारले छिट्टै नयाँ प्रक्रिया थालनी गर्ने भन्दै उहाँले लामो समय राहत शिक्षकको भूमिकामा रहेकालाई केही अवसरको सृजना गरेर व्यवस्थापन गरिने बताउनुभयो । उहाँले भन्नुभयो, “सामुदायिक विद्यालयमा धेरै प्रकारका शिक्षक हुनु नै अहिलेको शैक्षिक विकासको अर्को चुनौती देखियो । यसलाई हामी सुधार्न लागिरहेका छौँ ।” मन्त्री पोखरेलले देशैभरका विद्यालयमा शिक्षकको समायोजन गरेको बताउँदै अझै पनि देशभर ३९ हजार शिक्षक आवश्यकता रहेको बताउनुभयो । मन्त्री पोखेलले नेपाली समाजमा सांस्कृतिक क्रान्ति गर्नु जटिल विषय भएको बताउनुभएको छ । मोलुङ गाउँपालिका–४ हर्कपुरमा आयोजित सभालाई सम्बोधन गर्दै मन्त्री पोखरेलले संस्कारलाई समय अनुकूल परिवर्तन गरी अगाडि बढ्नुपर्नेमा समेत जोड दिनुभयो । हिन्दू संस्कार नमान्ने भन्दै नेता पेशल खतिवडाले बुबाको काजकिरिया गर्नुभएन । हिन्दू संस्कारको विरुद्धमा विद्रोह गरेर स्व खतिवडाका छोरा पेशल खतिवडाले सांस्कृतिक क्रान्तिको शुरुआत गर्नुभएको मन्त्री पोख्रेलले बताउनुभयो ।

प्रकाशित : २०७६ पुष ७ गते १२:४९
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI