No ads found for this position

गैंडाकोटमा निशुल्क कपडा बैङक सन्चालन

NAWALPUR TIMES
प्रकाशित : २०७६ पुष ७ गते १५:१५
No ads found for this position
गैंडाकोटमा निशुल्क कपडा बैङक सन्चालन
No ads found for this position

पौष ७ , गैँडाकोट
विपन्न समुदायका लागि निशुल्क कपडा वितरण गर्ने उद्धेश्यले गैँडाकोटमा कपडा बैंक सञ्चालन गरिएको छ । संयुक्त नेपाल अनाथ तथा असाहय बालबालिका समाज गैँडाकोट ५ ले गैँडाकोटको कालिगण्डकी चोक नजिक कपडा बैँक संचालनमा ल्याएको हो । बैंकमा प्रयोग भइसकेका कपडा राखिएको छ । तर, ती कपडा पुनः प्रयोगका लागि योग्य छन् । असहाय, गरीब तथा विपन्न ब्यक्ति तथा समूदायले छानेर लैजाने ब्यबस्था मिलाइएको छ । व्यक्तिले प्रयोग भइसकेको भनेर फालिने कपडालाई पुनः प्रयोगमा ल्याउँदै गरिव तथा विपन्नलाई प्रदान गर्नका लागि कपडा बैँक संचालनमा ल्याइएको हो । कुनैपनि नागरिक एक सरो कपडा लगाउनबाट बञ्चीत हुने अबस्था हुन नदिन यो अभियान सञ्चालन गरिएको संस्थाका उपाध्यक्ष राजन पौडेलले बताउनुभयो ।उहाँले कपडा बैँकमा कहिल्यै पनि कपडाको अभाव हुन नदिन आफूहरु सक्रिय भएर लाग्ने बताउनुभएको हो ।

कपडा बँैकको उद्घघाटन गर्दे गैँडाकोट नगरपालिका वडा नं ५ का वडाध्यक्ष नवराज कंडेलले यस्तो अभियान दुर्गम गाउँमा लैजान आवश्यक रहेको बताउनु भयो । उहाँले जाडो मौषममा कतिपय समुदायमा मानिसहरु कठ्याङग्रिएर बस्नुपरेको अवस्थामा यस्तो अभियाले उनीहरुको जीवनयापनमा सहज हुने बताउनुभयो ।

गरीबीको रेखामुनी रहेका धेरै मानिस आङ ढाक्ने कपडाको समेत अभावमा रहेका बेला कपडा बैकको स्थापना एउटा सकारात्मक कदम हो । धनी तथा मध्यम वर्गीय मानिसले फाल्ले कपडा पनि प्रयोगमा आउँने हुँदा बैकको प्रवद्र्धनका लागि सबैको सहयोग आवश्यक रहेको संस्थाका सदस्य विशाल सापकोटाले बताउनुभयो । कार्यक्रममा वार्ड नं ५ का जनप्रतिनिधि पार्वती सापकोटा , गैँडाकोट खेलकुद समितिका अध्यक्ष लक्ष्मण कंडेल लगाएत संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।कार्यक्रम संस्थाका अध्यक्ष रोशन परियारको अध्यक्षतामा भएको हो ।

प्रकाशित : २०७६ पुष ७ गते १५:१५
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI