No ads found for this position

धनगढीद्वारा पोखरा ५ विकेटले पराजित : अङ्कतालिका सहित

NAWALPUR TIMES
प्रकाशित : २०७६ पुष ७ गते १५:२५
No ads found for this position
धनगढीद्वारा पोखरा ५ विकेटले पराजित : अङ्कतालिका सहित
No ads found for this position

पोखरा प्रिमियर लिग ( पिपिएल ) टि-२० अन्तर्गत सोमबारको एक मात्र खेलमा धनगढी ब्लुजले पोखरा पल्टनलाई ५ विकेटले पराजित गर्दै दोश्रो जित दर्ता गरेको छ। पोखरा रंगशाला स्थित क्रिकेट मैदानमा सम्पन्न खेलमा पोखराले दिएको ८० रनको लक्ष्य धनगढीले ५ विकेट गुमाएर ९.१ ओभरमै पुरा गर्यो।

धनगढीको लागि ओपनर दिपक पुनियाले सर्वाधिक २५, रोड्रीगो थोमसएल १५, दिपेन्द्र ऐरीले १३,शुबेन्दु पाण्डेले ११ तथा सन्दिप जोराले २ रन बनाए। मन्जित श्रेष्ठले अविजित ९ तथा अमित यादवले अविजित ६ रन बनाउदै टिमलाई जित दिलाए। पोखराको लागि प्रथमेष डाके र सरबजित लड्डाले समान २/२ विकेट हात पारे भने ललित राजबंशीको नाममा १ विकेट रह्यो।

पोखराको लज्जास्पद ब्याटिंग 

यस अघि खेलमा टस जितेर ब्याटिंग रोजेको पोखरा पल्टनले १६.३ ओभरमा ७९ रनमा सबै विकेट गुमाएको थियो।

ठुलो अन्तरको जित हात पार्ने चक्करमा सुरुवात देखि आक्रामक ब्याटिंग गर्न खोजेको पोखराको योजना सफल हुन सकेन र सुरुवात देखि उसले लगातार विकेट गुमायो।

पोखराको लागि आसिफ शेखले सर्वाधिक ३२ रन तथा बिनोद भण्डारीले १२ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्। कुशल भुर्तेल ६, शरद भेसावकर ४, रभी इन्दर सिंह ० , कुशल मल्ल २ , कृष्ण कार्की १ , रोहित पौडेल ० मै आउट भए।

धनगढीको बलिंगमा देब्रे हाते स्पिनर अनिल खरेलले ४ ओभरमा १५ रन खर्चेर ३ विकेट लिए। यस्तै दिपक पुनिया ( ४-०-१३-२ ) , कमल सिंह ऐरी ( २.३-०-२०-२ )  सागर ढकाल ( ४-०-१५-२ ) ले समान २/२ विकेट लिए।

धनगढीको सम्भावना निकै कम 

जितसंगै धनगढीले अंकतालिकाको उत्कृस्ट-३ भित्र पर्दै प्लेअफ पुग्ने सम्भावना जिवितै राखेको छ। डिफेन्डिङ च्याम्पियन पोखरा भने ५ खेलमा मात्र १ जित हात पार्दै अंकतालिकाको पुछारमा रह्यो। अब धनगढीको प्लेअफ पुग्ने नपुग्ने निर्णय भोलि हुने काठमाडौँ गोल्डेन वारियर्स र चितवन राइनोजको खेल पछि हुनेछ।

काठमाडौँले चितवनलाई पराजित गरेको खण्डमा धनगढी र बिराटनगर टाईटन्सको पनि प्लेअफ सम्भावना समाप्त हुनेछ। भोलि जिते काठमाडौँको ६ अंक हुनेछ।

काठमाडौँ पराजित भएको खण्डमा काठमाडौँ र धनगढीको अंक ४-४ हुनेछ जसपछि नेट रनरेटमा उत्कृस्ट हुने टिम तेश्रो स्थानमा रही इलिमीनेटरको लागि छनौट हुनेछ। नेट रनरेटमा काठमाडौँ ( १.३०१ ) धनगढी ( -१.७९९ ) भन्दा निकै पछि रहेकोले काठमाडौँ अपत्यारिलो अन्तरले पराजित भएमा मात्र धनगढीको सम्भावना रहन्छ।

यदी भोलि काठमाडौँ जित्यो र त्यसपछि लिगको अन्तिम खेलमा बिराटनगर टाईटन्सले बुटवललाई पराजित गरेमा काठमाडौँ, बिराटनगर र धनगढी मध्ये नेट रनरेटमा अघि हुने टिम प्लेअफ प्रवेश गर्नेछ।

यस अघिनै चितवन ४ वटा खेलमा शतप्रतिशत जित हात पार्दै तथा बुटवल ४ खेलमा ३ जित र १ हार बेहोर्दै प्लेअफ पुगीसकेको छ।

प्रकाशित : २०७६ पुष ७ गते १५:२५
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI