No ads found for this position

बैङकिङ कसुर गर्ने चिनियाँ ह्याकर बिरुद् अहिलेसम्मकै ठूलो कार्वाही

NAWALPUR TIMES
प्रकाशित : २०७६ पुष ७ गते १७:००
No ads found for this position
बैङकिङ कसुर गर्ने चिनियाँ ह्याकर बिरुद् अहिलेसम्मकै ठूलो कार्वाही
No ads found for this position

९६ चिनियाँ पक्राउ, सयौं ल्यापटप र मोवाइल पनि बरामद

काठमाडौं। नेपालमा संगठित अपराधमा संलग्न भएको आशंकामा प्रहरीले ९६ चिनियाँहरुलाई नियन्त्रणमा लिएको छ। नेपाल प्रहरीको सीआइबीको नेतृत्वमा प्रहरीको अपराध महाशाखा र प्रहरी परिसरको संयुक्त टोलीले चिनियाँ आपराधिक समुहलाई नियन्त्रणमा लिएको हो। 

सिआइबीका डिआइजी निरज शाहीको नेतृत्वमा प्रहरीको तीन टोलीले संगठित आपराधिक गतिविधिमा संलग्न रहेको आशंकालाई बल पुग्ने प्रमाण फेला पारेपछि उनीहरु बिरुद्ध अहिलेसम्मकै ठूलो कार्वाही गरिएको हो। प्रहरीले संगठित आपराधिक गतिविधिमा संलग्न रहेका चिनियाँहरुको ३ स्थानमा छापा मारि व्यक्तिहरुलाई पक्राउ गरि उनीहरुको सामान समत वरामद गरेको छ। 

प्रहरीले महाराजगञ्जको धारापानी पिपलमार्गमा तीन रोपनी कम्पाउण्डसहितको घरमा छापा मारेको थियो। दुईवटा घर सहितको सो कम्पाउण्डबाट मात्रै २० चिनियाँ संदिग्ध अवस्थामा फेला परेका छन्। कर्पोरेट देखिने कार्यालय चलाएपनि कुनै वोर्ड भने घर तथा कम्पाउण्डमा थिएन। २० जना चिनियाँ पक्राउ परेको सो स्थानबाट १०० थान जति मोवाइल र त्यतिकै संख्यामा ल्यापटप समेत बरामद गरिएको छ।


महाराजगञ्जका अलावा अन्य दुई ठाउँमा पनि प्रहरीले छापा मारी संदिग्ध चिनियाँहरु पक्राउ गरिएको छ। पक्राउ परेकाहरु बैङ तथा बैङकका एटिएम ह्याकिङमा संलग्न रहेको गिरोह भएको र त्यसमा लागि काठमाडौंमै आधार खडा गरि काम गरिरहेको प्रहरीको अनुमान छ।

प्रहरीले काठमाडौंको मनमैजु र वुढानिलकण्ठबाट पनि ठूलो मात्रामा सामान र व्यक्तिहरु पक्राउ गरेको छ। पक्राउ परेका व्यक्तिहरुको सामान रुज गर्ने र उनीहरु के प्रयोजनमा संलग्न थिए भन्ने बारेमा थप छानविन भइरहेको अपराध महाशाखाका प्रमुख सहकुल थापाले जानकारी दिए। विस्तृतमा सबै सूचना संकलन भएपछि जानकारी गराइने थापाले बताए। 

उनीहरु बैद्य वा अवैद्य रुपमा नेपालमा बसिरहेका हुन भन्नेबारेमा छानबिन भइरहेको समेत उनले बताए। उनीहरुले नेर्वकिङ र टेक्नोलोजीको दुरुपयोग गरी अपराध गरेको आशंका रहेको थापाले बताए। यस भन्दा अघि भदौ १५ गते एटिम मार्फत बैकको सिस्टम ह्याक गरेर पैसा झिकिरहेको अवस्थामा ५ जना चिनियाँ दरवारमार्ग एरियाबाट पक्राउ परेका थिए।

उनीहरुले कसरी बैकिङ सिस्टम ह्याक गरे भनेर बिदेशबाट समेत बिज्ञ झिकाएर अध्ययन गर्दा समेत वास्तबित सार्वजनिक भएको छैन्। चिनियाँहरु प्रबिधिमा अब्बल हुने भए पनि उनीहरु बिदेश लगायत बिभिन्न ठाउँमा प्रबिधिको दुरुपयोग गर्दै अपराध गर्दै आएका घटना सार्वजनिक हुदै आएका छन्।

प्रकाशित : २०७६ पुष ७ गते १७:००
No ads found for this position
Copyright © 23 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI