हत्याको ३२ वर्ष पछि दोषी पक्राउ

NAWALPUR TIMES
प्रकाशित : २०७६ पुष ७ गते १७:४४
हत्याको ३२ वर्ष पछि दोषी  पक्राउ

काठमाडौं, पुस ७ गते । हत्या भएको ३२ वर्षपछि एकजना अपराधी पक्राउ परेका छन् । २०४४ सालमा सिरहामा हत्याका घटनाका अभियुक्तलाई अदालतले दोषी ठहर गरेको १६ वर्षपछि पक्राउ परेका हुन् । पक्राउ पर्ने ६८ वर्षीय वृद्ध हुन् ।
प्रदेश नं २ प्रहरी कार्यालयका अनुसार पक्राउ पर्ने सिरहा नगरपालिका वडा नं २० का ६८ वर्षिय हिरवा सहनी रहेका छन् । सहनी दुईवटा कत्र्तब्य ज्यान मुद्दामा अदालतबाट दोषी ठहर गरिएका हुन् । कत्र्तब्य ज्यानको एउटा मुद्दामा सहनीलाई अदालतले १० वर्ष र अर्कोमा २० वर्षको सजाय तोकेको छ । सहनीलाई सिरहा जिल्ला अदालतमा पेश गरी कैद भुक्तानका लागि चलान गरिएको प्रदेश नं २ प्रहरी कार्यालयका प्रवक्ता जयराज सापकोटाले जानकारी दिनुभयो ।
२०४४ साल पुस १३ गते सिरहाको कृष्णपुर गाविसमा रामनाथ यादब र रामचन्द्र यादबलाई गोली हानि हत्या गरिएको थियो । उक्त घटनामा यादबद्वयका बुवाले किटानी जाहेरी दिनुभएको थियो । जिल्ला अदालत सिरहाले २०६० साल माघ २८ गते प्रतिवादी हिरवा सहनीलाई १० वर्ष कैद सजाय सुनाएको थियो । पुस १७ गते नै सहनीले सन्हैठा गाविस वडा नं २ बस्ने एक पाँच महिने शिशुलाई हत्या गरेको अभियोग लाग्यो र उक्र घटनामा पनि अदालतले सहनीलाई दोषी ठहर गर्दै २०६० माघ २८ गते २० वर्ष कैदको सजाय सुनायो ।
प्रहरी उपरिक्षक एवम् प्रवक्ता सापकोटाले अदालतको फैसला बमोजिम ६८ वर्षीय सहनीले ३० वर्ष कैद सजाय भुक्तान गर्नुपर्ने बताउनुभयो ।

प्रकाशित : २०७६ पुष ७ गते १७:४४
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI