No ads found for this position

प्रदेश सरकार शिक्षा क्षेत्रमा ठोस योजना बनाएर काम गर्दैछ : मन्त्री गुरुङ

NAWALPUR TIMES
प्रकाशित : २०७६ पुष ७ गते १८:३४
No ads found for this position
प्रदेश सरकार शिक्षा क्षेत्रमा ठोस योजना बनाएर काम गर्दैछ : मन्त्री गुरुङ
No ads found for this position

नवलपुर, ७ पौष
गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले प्रदेश सरकारले शिक्षा क्षेत्रमा ठोस योजना बनाएर काम गरिरहेको बताएका छन । सोमबार कावासोती-१० मा रहेको जनता माबि मगरकोटको ५५औ वार्षिकोत्सब समारोहलाई सम्बोधन गर्दै मन्त्री गुरुङले यस्तो कुरा बताएका हुन । वर्तमान प्रदेश सरकारले शिक्षा क्षेत्रलाई उच्च प्राथमिकतमा राखेको बताउदै मन्त्री गुरुङले उत्कृष्ट शिक्षा नितिको तर्जुमा गर्न प्रदेश सरकार लागेको बताएका छ्न । गण्डकी विश्वविद्यालय स्थापना गर्ने बाटोमा प्रदेश सरकार अगाडी बढेको बताउदै शिक्षा क्षेत्रमा गण्डकी प्रदेशलाई उत्कृष्ट बनाउने मन्त्री गुरुङले बताए ।
विद्यालयकाे वार्षिकोत्सव समारोहलाई संघीय सांसद तिलक महत,गण्डकी प्रदेश सभा सदस्यद्वय राेशन बहादुर गाहा मगर र विष्णु लामिछाने संविधानसभा सदस्य महेन्द्रध्व्ज जिसि, कावासोती नगरपालिकाकि प्रमुख चन्द्राकुमारी पुन, शिक्षाविकास तथा समन्वय ईकाई नवलपुरका प्रमुख कृष्णचन्द्र पोख्रेल लगाएतकाले सम्वाेधन गरेका थिए । कार्यक्रममा कावासोती-३ निवासी भोजराज दाहालले आफ्ना मातापिताको नाममा १ लाख ५० हजार बराबरको छात्रवृत्ति अक्षयकोष स्थापना गर्न रकम पनि हस्तान्तरण गरेका थिए ।समारोहमा स्थानीय थारू जातिको साँस्कृतिक नृत्य र राष्ट्रिय कलाकार राजु परियारकाे बेजाेड प्रस्तुति रहेकाे थियाे ।
यसै शैक्षिक सत्रदेखि विद्यालयमा प्राविधिक धारको सिटिईभिटीबाट सम्बन्धन लिई ३ बर्षे डिप्लोमा ईन सिभिल ईञ्जिनियरिङकाे कक्षा संचालन गरिएको छ ।

प्रकाशित : २०७६ पुष ७ गते १८:३४
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI