१४ वर्षीय किशोरीले भनिन्, हेलो प्रहरी ! म बिहे गर्दिनँ

NAWALPUR TIMES
प्रकाशित : २०७६ पुष ८ गते ९:०७
१४ वर्षीय किशोरीले भनिन्, हेलो प्रहरी ! म बिहे गर्दिनँ

१४ वर्षीय किशोरी । गत शुक्रबार स्कुलबाट फर्केर घरधन्दा गरिन् । गृहकार्य सकिन् । रात छिप्पिन थालेपछि आफन्तले कुरैकुरामा फकाउँदै गाउँको एउटा घरमा लगे । त्यहाँ विशेष चहलपहल थियो । उनलाई जिज्ञासा उठ्यो ।

किन यति धेरै मानिस भेला भएका ? मलाई किन यहाँ ल्याइयो ? केहीबेरमा थाहा पाइन् त्यहाँ उनको बिहे हुँदैछ । न उमेर पुगेको थियो न उनलाई बिहे गर्न मन थियो । उनी उम्कन सक्ने अवस्थामा थिइनन् । बिलखबन्दमा परिन् केहीबेर । कक्षा ९ मा सँगै पढ्ने साथीसँग सहयोग लिइन् ।

प्रहरीलाई १०० नम्बरमा फोन गरेर आफैंले पनि खबर गरिन् । प्रहरी टोली तत्काल बिहे हुन लागेको घरमा पुग्यो । उनको बिहे रोकियो । झुक्याएर बिहे गराउन खोज्ने आफन्तलाई प्रहरीले नियन्त्रणमा लियो । स्याङ्जाको हरिनास गाउँपालिका ६ की किशोरीले भोगेको घटना हो यो । सानैमा आमाको निधन भएपछि बुवाले अर्की ल्याए ।

उनी हजुरआमासँग बस्दै आएकी थिइन् । हजुरआमालाई फस्ल्याङफुस्लुङ पारेर आफन्तले सोही गाउँका २७ वर्षीय सन्तबहादुरसँग उनको बिहे गरिदिन लागेका थिए । मंगलबारको अन्नपूर्ण पोस्टदैनिकबाट

प्रकाशित : २०७६ पुष ८ गते ९:०७
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI