No ads found for this position

पितृमोक्ष महायज्ञको तयारी तिब्र : वडा- वडामा समिति गठन गरिदै

NAWALPUR TIMES
प्रकाशित : २०७६ पुष ८ गते २०:०६
No ads found for this position
पितृमोक्ष महायज्ञको तयारी तिब्र : वडा- वडामा समिति गठन गरिदै
No ads found for this position

सुबास खत्री , चोरमारा
नबजागरण बहुमुखी क्याम्पस मध्यबिन्दु ०७ चोरमारामा यहि पौष २७ गतेदेखि माघ ०६ गतेसम्म हुने श्रीमद्भागवत पितृ मोक्ष धनधान्यान्चल विराट ज्ञानमहायज्ञको वडा स्तरिय प्रचार प्रसार समिती गठनको क्रमलाई तिब्रता दिईएको छ । प्रचारप्रसारलाई विभिन्न पालिकाको वडा सम्म पुर्याउनका लागि वडा स्तरिय समिति गठन गर्न लागिएको हो ।

जसअन्तर्गत आज मध्यबिन्दु नगरपालिकाको वडा नम्बर ८ मा एक कार्यक्रमका बिच समिति गठन गरिएको छ । शोभाकान्त देवकोटाको संयोजकत्वमा २१ सदस्यीय वडा स्तरिय समिति गठन गरिएको हो । वडा स्तरिय प्रचार समितिका वडा नम्बर ८ का संयोजक देवकोटाले धनधान्यान्चल सफल पार्नको लागि आफुहरु अहोरात्र खटिएर प्रचारप्रसारमा लाग्ने बताउनुभयो ।


कार्यक्रममा बोल्दै वडाध्यक्ष पर्शुराम महतोले धनधान्याचल सफल पार्नको लागि वडाको तर्फबाट आफुले सक्दो सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्दै सम्पुर्ण वडाबासीलाई यस पुण्य कार्यमा सृजनात्मक सहभागीताका लागि अपिल गर्नुभएको थियो । कार्यक्रमका सहभागिहरुले यस महायज्ञले यहाँका विद्यार्थीहरुको शैक्षिक भविष्य सुनौलो गराउने भएकाले धनधान्यान्चल सफल पार्नु आवश्यक रहेकोमा जोड दिदै आफुहरुको पुर्ण सहयोग रहने बताएका थिए । वडा स्तरिय प्रचार प्रसार समिती गठनको योजना अनुसार अहिलेसम्म मध्यबिन्दु नगरपालिकाका वडा नम्बर ३,४,५,६,७ मा समिति गठन गरिसकिएको महायज्ञ मुल समारोह समितिका उपसंयोजक केदार प्रसाद पराजुलिले जानकारी दिनुभयो । वडा स्तरिय समिती मध्यबिन्दु नगरपालिका भित्र मात्र नभएर बिनयी त्रिबेणि गाउँपालिका र हुप्सेकोट गाउँपालिकामा पनि गठन गरिने बुझिएको छ । वडा स्तरिय गठित प्रचार प्रसार समितिले स्थानिय दानवीर पहिचानमा समेत सहयोग पुग्ने महायज्ञका प्रचार प्रचार समितिका संयोजक जीवन पाठकको भनाई छ । महायज्ञमा केदारनाथका पिठाधिश सिवाचार्य महाराजद्वारा पितृ मोक्षका लागि बिशेष पुजाको ब्यवस्था गरिने आयोजकले जानकारी दिएको छ । क्याम्पसमा अध्ययन गर्ने विधार्थीहरुका लागी सर्वशुलभ शिक्षाको व्यवस्था गर्ने, क्याम्पसलाई भौतिक सुविधायुक्त बनाई गुणस्तर सुनिश्चितता प्रत्यायन क्यिु ए ए प्राप्त गराउन, स्नातक तहमा समयसापेक्ष प्राविधिक शिक्षा तथा छात्रावास सन्चालन गर्न, अति विपन्न परिवारका विद्यार्थीहरुलाई छात्रावृती प्रदान गराउँने उदेश्यले पितृ मोक्ष बिराट ज्ञान महायज्ञको आयोजना गर्न लागिएको हो ।

प्रकाशित : २०७६ पुष ८ गते २०:०६
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI