No ads found for this position

शिक्षा क्षेत्रको विकास नै समग्र विकासको आधार : प्रदेश सांसद लामिछाने

NAWALPUR TIMES
प्रकाशित : २०७६ पुष ८ गते २०:५६
No ads found for this position
शिक्षा क्षेत्रको विकास नै समग्र विकासको आधार : प्रदेश सांसद लामिछाने
No ads found for this position

विरेन्द्र पराजुली, कावासोती
गण्डकी प्रदेशका प्रदेशसभा सदस्य एवं नेपाली काङ्ग्रेस नवलपुरका सभापति विष्णु लामिछानेले शिक्षा क्षेत्रको विकासनै समग्र विकासको आधार भएको बताएका छ्न । सोमबार कावासोती-३ मा रहेको सिद्धार्थ आवास माध्यमिक विद्यालयको ३० औ वार्षिकोत्सब तथा अभिभावक दिवस समारोहलाई सम्बोधन गर्दै लामिछानेले यस्तो कुरा बताएका हुन । नवलपुर जिल्लाको शैक्षिक विकासलाई प्रदेशले प्राथमिकता राखेको बताउदै लामिछानेले शिक्षाको गुणस्तर बढाउन शैक्षिक संघसंस्थाहरु लागि पर्नु पर्ने कुरामा जोड दिएका थिए ।


कार्यक्रममा विद्यालयका प्रिन्सिपल भोजराज दाहालले विद्यालयको प्रगतिविवरण तथा भावी कार्ययोजना प्रस्तुत गर्दै आगामी वर्ष देखि कक्षा ६-१० सम्म ऐच्छिक विषयका रूपमा संस्कृत भाषाको पठनपाठन पनि गराउने बताए ।


कार्यक्रममा विद्यालयको ३०औं वार्षिकोत्सबको अवसर आयोजित विविध खेलकुद प्रतियोगिताका विजेतालाई पुरस्कार वितरण , एस ई ई परिक्षामा उत्कृष्ट विद्यार्थीलाई सम्मान, शिक्षक कर्मचारीलाई सम्मान गरिएको थियो ।

प्रकाशित : २०७६ पुष ८ गते २०:५६
No ads found for this position
Copyright © 23 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI