प्रभु येशुको जन्मोत्सवका रुपमा नेपाली इसाईहरूले क्रिसमस दिवस मनाउँदै

NAWALPUR TIMES
प्रकाशित : २०७६ पुष ९ गते ८:१०
प्रभु येशुको जन्मोत्सवका रुपमा नेपाली इसाईहरूले क्रिसमस दिवस मनाउँदै

 प्रभु येशुको जन्मोत्सवका रुपमा (क्रिसमस) नेपाली इसाईहरूले क्रिसमस दिवस मनाउँदैछन्।  ग्रेगोरियन पात्रो अनुसार प्रत्येक वर्षको २५ डिसेम्बरका दिन ख्रिष्टियन धर्मावलम्बीले यो चाड मनाउँछन्।  आजभन्दा २०१९ वर्षअघि इजरायलको वेथलेहममा पिता स्वर्गदूत र माता मरियमका गर्भबाट येशुको जन्म भएको राष्ट्रिय ख्रीष्टियन महासंघ, नेपालका अध्यक्ष सिबी गहतराजले बताएका छन्।

येशुको जन्मोत्सवको उपलक्ष्यमा क्रिश्चियन धर्मावलम्बीले प्रभु येशुले सबैमा कल्याण गरून् भन्ने कामनासहित देशभरका चर्चमा प्रार्थनालगायत कार्यक्रम गर्दैछन्। हाल नेपालमा १२ हजार ५०० चर्च र ३० लाख भन्दा बढी क्रिश्चियन धर्मावलम्बी रहेको गहतराजको भनाइ छ।   त्यस्तै क्रिस्मसको अवसरमा राष्ट्रपति विद्यादेवि भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुनले शुभकामना व्यक्त गरेका छन्।   

प्रकाशित : २०७६ पुष ९ गते ८:१०
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI