नेपाल जेसीजको राष्ट्रिय महाधिवेशन आजबाट चितवनमा: प्रचण्डले उदघाटन गर्ने

NAWALPUR TIMES
प्रकाशित : २०७६ पुष ९ गते ८:००
नेपाल जेसीजको राष्ट्रिय महाधिवेशन आजबाट चितवनमा: प्रचण्डले उदघाटन गर्ने

नेपाल जेसीजको ४६ औं राष्ट्रिय महाधिवेशन आज बाट चितवनको रत्ननगरमा सुरु हुदैछ । आज एक कार्यक्रमका बिच पुर्व प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले महाधिवेशनको उदघाटन गर्ने जनाईएको छ । अधिवेशनको सम्पुर्ण तयारी पूरा भैसकेको आतिथ्य शाखा रत्ननगरका अध्यक्ष सुबास पोख्रेलले बताए । चार दिन सम्म चल्ने महाधिवेशनले वर्ष २०२०का लागि नेतृत्व चयन गर्ने छ । महाधिवेसबाट एक जना अध्यक्ष सहित ४ कार्यकारीणि उपाध्यक्ष र १२ जना उपाध्यक्ष प्रत्यक्ष चुनिने जनाईएको छ । वर्ष २०२० को नेपाल जेसीजको नेतृत्वका लागि विसहजार जेसीज भरतपुर चितवनबाट अरुणेश्वर खनाल, पथरी जेसीजबाट अशोक शंकर र काभ्रेबाट विकास मानन्धर अध्यक्ष पदको लागि मैदानमा उत्रिएका छन् । 

प्रकाशित : २०७६ पुष ९ गते ८:००
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI