राष्ट्रिय आविष्कार केन्द्रका लागी कोरियामा सहयोग संकलन जारी

NAWALPUR TIMES
प्रकाशित : २०७६ पुष ९ गते ९:१४
राष्ट्रिय आविष्कार  केन्द्रका लागी कोरियामा सहयोग संकलन जारी

किरण भुर्तेल ,नवलपुर

स्वतन्त्र राष्ट्रप्रेमी सचेत नागरिक एकता अभियानद्वारा संचालित अभियान “एक दिन आविस्कार केन्द्रका लागी”दक्षिण कोरियाका विभिन्न शहरहरुमा जारी रहेको छ। शैलेन्द्रराज प्रधानको संयोजकत्वमा संचालित अभियानमा हेम पाठक लगाएत १२ जना अभियन्ताहरुको नेतृत्व रहेको छ।अभियान अन्तर्गत अहिले सम्म कोरियाका विभिन्न शहरहरुबाट सात दिनमा १२ लाख भन्दा बढी रकम संकलन भैसकेको अभियान्ता मध्यका एक हेम पाठकले जानकारी दिएका छन।
अभियान महाविर पुनले स्थापना गरेको राष्ट्रिय आविष्कार केन्द्रको सहयोगार्थ संचालन गरेको भन्दै यो राष्ट्रिय महत्त्वको परियोजनामा सबैले सहयोग गरेमा देशको आगामी भविष्य राम्रो हुने कुरा सबैले बुझ्न जरुरी रहेको संयोजक प्रधानले अनुरोध गरे।
सहयोग संकलन दक्षिण कोरियाका विभिन्न सहरहरु मा निरन्तर जारी रहने र जम्मा भएको रकम कार्यक्रम मार्फत महाबिर पुनलाइ हस्तान्तरण गरिने बताउदै राष्ट्रिय हितका लागी सुरु भएको यो अभियानमा खुल्ला मनले सहयोग गर्न देश बिदेशमा रहनुहुने सम्पुर्ण नेपालिहरुमा अभियन्ताहरुले अनुरोध गरेका छन।

प्रकाशित : २०७६ पुष ९ गते ९:१४
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI