२९ जना जिल्ला न्यायाधीशका लागि विज्ञापन

NAWALPUR TIMES
प्रकाशित : २०७६ पुष ९ गते १३:१९
२९ जना जिल्ला न्यायाधीशका लागि विज्ञापन

न्याय सेवा आयोगले २९ जना जिल्ला न्यायाधीको माग गरेको छ ।

आयोगको परीक्षा महाशाखाले नेपालको संविधान २०७२ को धारा १४९ को उपधारा २ को खण्ड ख र ग बमोजिम जिल्ला न्यायाधीशको पदमा प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ ।

आयोगका अनुसार अन्तरिक खुला तर्फ १४ जना, खुलामा ९ जना, महिला १ जना, आदिवासी जनजाति २ जना, मधेशी १ जना, अपांग १ जना र पिछडिएको क्षेत्रबाट १ जनाको माग गरिएको छ।

बिज्ञापन

दरखास्त दिन सूचना प्रकाशित भएको ३० दिन भित्र र दोब्बर दस्तुर तिरेर थप ७ दिन सम्म दिन सकिने छ।

प्रकाशित : २०७६ पुष ९ गते १३:१९
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI