निर्वाचन आयोगले सात जना जिल्ला न्यायाधीशलाई निर्वाचन अधिकृत तोकेको छ। राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि आयोगले सात जिल्ला न्यायाधीशलाई निर्वाचन अधिकृत तोकेको हो
आयोगले दुई जना न्यायाधीशलाई जगेडा निर्वाचन अधिकृत तोकेको छ।
आयोगका अनुसार मोरङका मेदिनीप्रसाद पौडेल, धनुषाका राजकुमार खतिवडा, ललितपुरका मोहनबहादुर कार्की, कास्कीका काजीबहादुर राई, दाङका रितेन्द्र थापा, सुर्खेतका राजेन्द्रकुमार आचार्य र डोटीका विदुर काफ्ले निर्वाचन अधिकृत तोकिएका छन्।
त्यस्तै, जगेडा निर्वाचन अधिकृतमा कैलाशप्रसाद सुवेदी र दिवाकर भट्टलाई तोकिएको छ। न्याय परिषद्को परामर्शमा आयोगले उनीहरुलाई निर्वाचन अधिकृतमा नियुक्त गरेको हो।
प्रकाशित : २०७६ पुष ९ गते १३:२७
No ads found for this position
Facebook Comment