मकवानपुरको जंगलमा आगोको मुस्लो

NAWALPUR TIMES
प्रकाशित : २०७६ पुष ९ गते १३:३३

मकवानपुरको बकैया र मकवानपुरगढी गाउँपालिकाको सीमानामा बुधबार विहान आगोको मुस्लो देखिएको छ । बकैया गाउँपालिका १२ र मकवानपुरगढी गाउँपालिकाको सीमाना चापकी भन्ने ठाउँमा जंगलमा आगोको मुस्लो देखिएको स्थानीयले बताएका छन् ।

आगो लागेको स्थान मानव बस्तीदेखि टाढा भएकाले के जलेको हो भन्नेबारे यकीन भइसकेको छैन । स्थानीयले खबर गरेपछि इलाका प्रहरी कार्यालय ठिंगन र चौघडा प्रहरी चौकीबाट प्रहरी घटनास्थलतर्फ गएको छ।

मकवानपुरका प्रहरी प्रमुख एसपी मुकेश सिंहले प्रहरी घटनास्थलमा पुगेपछि मात्र घटनाबारे थाहा हुने बताए। जंगल क्षेत्रमा डढेलो लागेको हुनसक्ने उनले अनुमान गरे ।

आगोको मुस्लो देखिएपछि कतिपयले विमान दुर्घटना भएकोसम्म अनुमान गरे। त्रिभुवन विमानस्थल एयर ट्राफिक कन्ट्रोलरले सबै विमान सम्पर्कमा रहेकाले विमान दुर्घटना नभएको बताएको छ।

  • यो समाचार अनलाईनखबर बाट साभार गरिएको हो।
प्रकाशित : २०७६ पुष ९ गते १३:३३
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI