वेदघारी सामुदायिक वनमा वयस्क बाघ मृत फेला

NAWALPUR TIMES
प्रकाशित : २०७६ पुष ९ गते १३:४३
वेदघारी सामुदायिक वनमा वयस्क बाघ मृत फेला

 चितवन राष्ट्रिय निकुञ्ज अन्तर्गत वेदघारी सामुदायिक वन क्षेत्रमा एउटा बाघ मृत फेला परेको छ।

राष्ट्रिय निकुञ्ज अन्तर्गत पर्साको ठोरी गाउँपालिका–३ को वेदघारी सामुदायिक वन क्षेत्रमा पर्ने वनमा वयस्क बाघ मृत फेला परेको कसराका गेमस्काउट महेन्द्र चौधरीले जानकारी दिए।

घाँसकाट्न गएका स्थानीयबासिन्दाले देखेपछि निर्मल ठोरी उपभोक्ता समितिमार्फत बाघ मृत फेला परेको खबर पाएर घटनास्थल पुगेको चौधरीले बताए।

‘मृत अवस्थामा फेला परेको बाघको शरीरभरी नै घाउ छन्,’ चौधरीका अनुसार ‘बयस्क बाघहरु एक आपसमा जुधेर मृत्यु भएको हो कि भन्ने प्रारम्भीक अनुसन्धानको क्रममा देखिन्छ ।’

चितवन राष्ट्रिय निकुञ्जको कार्यालय कसराबाट पशु चिकित्सक सहितको विज्ञ टोली घटनास्थलमा आउँदै गरेको उनले बताए। विज्ञ टोलीको अनुसन्धानपछि मात्रै मृत्युको कारण तथा मृत भेटिएको बाघ कुन प्रजातिको हो भन्ने कुरा विज्ञ टोलीको अनुसन्धानपछि मात्रै भन्न सकिने चौधरीले जानकारी दिए।

मृत अवस्थामा फेला परेको बाघ बस्तीदेखि झण्डै दुई किलोमिटर उत्तरतर्फको सामुदायिक वनमा मृत फेला परेको निर्मल ठोरी उपभोक्ता समितिका अध्यक्ष बालकुमार बस्नेतले जानकारी दिए। स्रोत- अनलाईनखबर

प्रकाशित : २०७६ पुष ९ गते १३:४३
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI