सामाजिक संजालको सहि सदुपयोग : रकम संकलन गरि बालबालिकालाई न्यानो कपडा

NAWALPUR TIMES
प्रकाशित : २०७६ पुष ९ गते १७:४६
सामाजिक संजालको सहि सदुपयोग : रकम संकलन गरि बालबालिकालाई न्यानो कपडा

कावासोती-कावासोती-११ मा रहेको नारायणी प्राथमिक विद्यालयमा अध्ययन गर्ने २० जना बालबालिकाहरुलाई स्विटर र टोपि आज एक कार्यक्रममा बिच वितरण गरिएको छ । सामाजिक संजाल फेसबुक मार्फत रकम संकलन गरि बालबालिकाका लागि न्यानो लुगा वितरण गरिएको युवा अभियन्ता सुधन लम्साल ले बताए ।

कावासोती नगरपालिका वडा नं ११ का वडा अध्यक्ष शारदाप्रसाद अधिकारीको प्रमुख आतिथ्यता सम्पन्न कार्यक्रममा युवा अभियन्ता एवं हरियाली संस्थाको अध्यक्ष एल एन दवाडीले सामाजिक संजालको सदुपयोग गर्न जाने सामाजिक कार्यक्रम गर्न स्रोतको अभाव नहुने बताए । प्रमुख अतिथि अधिकारीले युवा अभियन्ताहरुको कामको प्रशंसा गर्दै आगामी दिनमा पनि सामाजिक संजालको सहि सदुपयोग गरि सामाजिक कार्यमा लाग्न शुभकामना व्यक्त गरेका थिए ।

प्रकाशित : २०७६ पुष ९ गते १७:४६
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI