No ads found for this position

कावासोतीमा अन्तराष्ट्रिय तेक्वान्दो प्रतियोगिता हुँदै

NAWALPUR TIMES
प्रकाशित : २०७६ पुष ९ गते १८:०७
No ads found for this position
कावासोतीमा अन्तराष्ट्रिय तेक्वान्दो प्रतियोगिता हुँदै
No ads found for this position

मिनाक्षी कंडेल , नवलपुर
राष्ट्रिय तेक्वान्दो संघ जिल्ला कार्य समिति
नवलपुरले पर्यटन वर्ष २०२० लाई लक्षित गरि अन्तरास्ट्रिय तेक्वान्दो प्रतियोगिता आयोजना गर्ने भएको छ । बुधबार पत्रकारको सम्मेलन आयोजना गरीे अन्तराष्ट्रिय तेक्वान्दो प्रतियोगिता बारे जानकारी गराईएको हो । प्रतियोगिता पुष १४ र १५ गते सञ्चालन हुनेछ । प्रतियोगितामा नेपाल ,भारत,कोरिया, श्रीलंका ,भुटान लगायतका राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी तथा प्रशिक्षकहरुको उपस्थिति रहने राष्ट्रिय तेक्वान्दो संघ नवलपुरका अध्यक्ष ईन्दबहादुर रानाले जानकारी दिनुभयो । त्यस्तै खेलाडीहरुमा लुकेर रहेका प्रतिभाहरुलाई प्रस्फुटन गर्ने,खेलाडी युवा पिडिहरुलाई आत्मानिर्भर हुन सचेतना, खेल भावना संगै अनुशासन र ब्यक्तित्व बिकासका साथै पिछडिएका खेलाडीहरुलाई अग्र स्थानमा लैजान कार्यक्रम को मुख्य उद्देश्य रहेको अध्यक्ष रानाले जानकारी दिनुभयो । अन्य क्षेत्रबाट मात्र नभई खेलकुद क्षेत्रबाट पनि देशको नाम बिश्व माझ चिनाउने खेलकुद क्षेत्रको बिकासमा योगदान दिन आफुमात्र नभएर आम जनतालाई सचेत बनाउन युवा पिढिको खाचोँ रहेको बताउनुभयो । तेक्वान्दो खेलमार्फत देशभित्र रहेका क्षमतावान खेलाडीहरुलाई माथिल्लो क्षेत्रसम्म पुर्याई देशमा राम्रा खेलाडीहरु उत्पादन गर्ने राष्ट्रिय तोक्वान्दो संघ नवलपुरको मुख्य लक्षय रहेको बताउनुभयो । प्रतियोगितामा महिला तथा पुरुष दुवैले तेक्वान्दोको दुईवटै बिधा क्यारोगी –फाईट तर्फ चारवटा विधामा – सब जुनियर ८ देखि ११ र्बष ,क्याडेट १२ देखि १४ बर्ष,जुनियर १५ देखि १७ बर्ष सिनियर १८ बर्षमाथि र पुम्सेतर्फ पनि ४ वटै महिला पुरुषको क्याटागोरीमा प्रतिस्प्रर्धा हुने अध्यक्ष रानाले बताउनुभयो । प्रतियोगिता स्वस्तिक पार्टी प्यालेसमा कावासोतीमा हुने भएको छ ।
प्रथम हुनेलाई नगद रु ५० हजार,प्रमाण पत्र र मेडल द्धितीय हुनेलाई नगद रु ३० हजार,प्रमाण पत्र र मेडल त्यस्तै तृतिय हुनेलाई नगद रु १५ हजार,प्रमाण पत्र र मेडल प्रदान गरिने छ भने उत्कृष्ट खेलाडी दुई जनालाई जनहि २५ हजार प्रमाण पत्र र मेडल प्रदान गरिने छ । प्रतियोगीताका लागी अनुमानीत १७ लाख खर्च हुने अनुमान आयोजकको रहेको छ ।

प्रकाशित : २०७६ पुष ९ गते १८:०७
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI