पितृमोक्ष महायज्ञको तयारी तिब्र : आज समिक्षात्मक बैठक सम्पन्न

NAWALPUR TIMES
प्रकाशित : २०७६ पुष ९ गते १९:४६
पितृमोक्ष महायज्ञको तयारी तिब्र : आज समिक्षात्मक बैठक सम्पन्न

सुवास खत्री, चोरमारा

नबजागरण बहुमुखी क्याम्पस चोरमारामा यहि पौष २७ गतेदेखी माघ ०६ गते सम्म हुने श्रीमद्भागवत पितृ मोक्ष धनधान्यचल बिराट ज्ञान महायज्ञको तयारिको सन्दर्भमा समिक्षात्मक बैठक आज बसेको छ । सचिबालय समितिको उपस्थितिमा आज समिक्षात्मक बैठक बसेको हो । बैठकमा महायज्ञको तयारिको सन्दर्भमा आज सम्म सम्पन्न गरेको क्रियाकलापको समिक्षा गरिएको महायज्ञ मुल समारोहका उपसंयोजक केदारप्रसाद पराजुलीले बताउनुभएको छ ।
बैठकमा मुल समारोह समिती संयोजक चेतनाथ तिवारी ,सचिवालय सदस्यहरु तुलसीराम तिवारी, केदार प्रसाद पराजुली , अमृत प्रसाद ज्ञवाली, प्रकाशचन्द्र पगेनि , जिबन पाठक, राजु पाण्डे ,कृष्ण तिवारी, हरि प्रसाद देबकोटा, सदस्य सचिब देबीप्रसाद सुबेदी, र सहसचिब जिबन नारायण अर्यालको सहभागिता रहेको थियो । बैठकले यस पुन्य कार्यमा सृजनात्मक सहभागिताको लागि सम्पुर्ण शिक्षक,बिध्यार्थी,अभिभावक ,समितिका पुर्ब पदाधिकारिहरु,आजिबन सदस्य लगायत समस्त धर्मानुरागी महानुभाबलाई अनुरोध समेत गरेको छ । अहिले
प्रचारप्रसारको लागि विभिन्न वडाहरुमा समितिहरु समेत गठन गर्ने कार्य जारीे छ । जसअन्तरगत अहिलेसम्म मध्यबिन्दु नगरपालिकाको वडानम्बर ३,४,५,६,७ र ८ मा वडा स्तरिय समिति गठन गरिसकिएको प्रचार प्रसार समितिका संयोजक जीवन पाठकले बताउनुभयो । क्याम्पसमा अध्ययन गर्ने विधार्थीहरुका लागी सर्वसुलभ शिक्षाको व्यवस्था गर्ने, क्याम्पसलाई भौतिक सुविधायुक्त बनाई गुणस्तर सुनिश्चितता प्रत्यायन क्यिु ए ए प्राप्त गराउन, स्नातक तहमा समयसापेक्ष प्राविधिक शिक्षा तथा छात्रावास सन्चालन गर्न, अति विपन्न परिवारका विद्यार्थीहरुलाई छात्रावृती प्रदान गराउँने उदेश्यले पितृ मोक्ष बिराट ज्ञान महायज्ञको आयोजना गर्न लागिएको हो । महायज्ञमा केदारनाथका पिठाधिश सिवाचार्य महाराज ज्यु को उपस्थितिमा पितृ मोक्षको लागि विशेष पुजाको समेत ब्यवस्था गरिने बताईएको छ ।

प्रकाशित : २०७६ पुष ९ गते १९:४६
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI