No ads found for this position

आन्दोलनरत पत्रकार र प्रेस काउन्सिलबीच सहमति

NAWALPUR TIMES
प्रकाशित : २०७६ पुष १० गते ७:१४
No ads found for this position
आन्दोलनरत पत्रकार र प्रेस काउन्सिलबीच सहमति
?????????????????????????????
No ads found for this position

प्रेस काउन्सिल नेपालले पत्रपत्रिका वर्गीकरणमा भेद्भाव गरेको भन्दै पुनरावलोकनको माग राख्दै आन्दोलनमा उत्रिएका पत्रकार र काउन्सिलबीच सहमति भएको छ । पत्रकारले मङ्सिर २७ गते प्रेस काउन्सिलमा तालाबन्दी गरेका थिए ।
 
सङ्घर्ष समिति नै गठन गरी आन्दोलनमा उत्रिएका पत्रकारका माग सम्बोधन गर्न काउन्सिल तयार भएपछि सहमति जुटेको हो । सङ्घर्ष समिति, नेपाल पत्रकार महासङ्घ काठमाडौँ, भक्तपुर र ललितपुर  शाखाले आन्दोलनको संयुक्त अगुवाइ गरेका थिए ।

सहमति भएपछि काउन्सिलमा लगाइएको ताला खुलेको छ ।  पाँचबुँदे सहमति गर्दै ताला खोलिएको सङ्घर्ष समितिका संयोजक दीपक पाण्डेले बताउनुभयो । नेपाल पत्रकार महासङ्घ काठमाडौंँ, ललितपुर र भक्तपुर शाखा तथा काउन्सिलबीच आन्दोलनका क्रममा उठेका विभिन्न विषयमा निरन्तर वार्ता जारी राख्ने, पुनरावलोकनका लागि विभिन्न कारणले छुटेका पत्रिकाका लागि पुनःनिवेदन दिनका लागि निश्चित समय तोक्नेलगायतका पाँचबुँदे सहमति भएको पाण्डेले बताउनुभयो ।

“वार्तामार्फत भएका सहमति इमान्दारीपूर्वक कार्यान्वयन हुनेमा हामी विश्वस्त छौं” पत्रकार महासङ्घ काठमाडौँं शाखाका अध्यक्ष शान्तराम विडारीले भन्नुभयो, “भएका सहमति कार्यान्वयन हुने वा नहुने काउन्सिलको व्यवहारमा भरपर्छ ।”

प्रकाशित : २०७६ पुष १० गते ७:१४
No ads found for this position
Copyright © 23 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI