सामुदायिक विद्यालय भित्रको लुटतन्त्र

NAWALPUR TIMES
प्रकाशित : २०७६ पुष १० गते ९:०७
सामुदायिक विद्यालय भित्रको लुटतन्त्र

कुसुम न्यौपाने
सरकारले शिक्षा नवौं संशोधन ऐन जारी गरि कक्षा दशलाइ अन्य कक्षा ६/७/८/९ सरह सामान्य कक्षा र कक्षा १२ को अन्तिम परिक्षालाइ रास्ट्रीय परीक्षा बोर्डद्वारा सन्चालन गर्ने ब्यबस्था गर्यो।तर नेपालका शहर केन्द्रीत सामुदायिक बिद्यालयहरुले भने (केही बाहेक)कक्षा १० का बिद्यार्थिहरुलाइ अनेक डर र त्रास देखाइ ,फलामे गेटको संज्ञा दिई निजि बिद्यालयले जस्तै गरि चर्को शुल्क लिइ छात्रावासको नाममा ब्रम्हलुट गरिरहेका छन।यस  तर्फ सरोकारवालाको पटक्कै ध्यान गएको छैन।यसै पनि सामुदायिक बिद्यालयमा अध्ययन गर्ने बिध्यार्थी कमजोर आर्थिक अवस्थाका हुन्छन,त्यसै माथी ४ महिना अगाडि देखि बिद्यार्थिहरु संग चर्को शुल्क असुलेर छात्रावासका नाममा मानसिक यातना ददिइरहेका छन।निजि स्कुलहरु शिक्षालाइ ब्यापारको माध्यमबाट आम्दानी गर्ने अनुमती पाएर आवासिय बिद्यालयका रुपमा मान्यता प्राप्त छन।के सामुदायिक बिद्यालयले अनुमती बिना छात्रावास का नाममा बिध्यार्थीलाई आर्थिक शोषण गर्न पाउँछन्?यस तर्फ एक पटक सार्वजनिक रुपमा बहस गर्नै पर्छ।कक्षा १० मा ग्रेडिङ सिस्टम लागू भए पछि अधिकांश (गणित र ऐ प्रथम बाहेक) बिषयमा प्रयोगात्मक अंक समेत जोडेर डि + ग्रेड ल्याउने बिध्यार्थी सामान्यधार तर्फ अध्ययन गर्न योग्य मानिन्छ।हाम्रो पाठ्यक्रमले तोकेको समय र पिरियड भारले अतिरिक्त कक्षा संचालन गर्न पर्ने गरि पाठ्यबस्तु निर्माण गरेको छैन।प्राबिधिक धार अन्तर्गत बिज्ञान बाहेक अन्य विषयमा बन्द हडताल जस्ता आपतकालीन राजनितीक अस्थिरता नहुने अवस्थामा सजिलै कोर्स पूरा गर्ने कन्टेन्ट राखिएका छन।तर फलामे ढोकाको हाउगुजी देखाएर बिद्यार्थीबाट होस्टेलको नाममा शोषण गरिनु किमार्थ उचित होइन ।अतिरिक्त दिवाकालिन कक्षा संचालन गरेर हुने ठाउमा अन्धाधुन्ध रात्रीकालिन कक्षा,जाडो मौसम,बालबच्चा बिरामी हुने,खाना र लुगाको ब्यबस्थामा कठिनाइ आदि जान्दा जान्दै पनि जबरजस्ती बिद्यार्थि उचालेर ,फेल हुन्छौ भनी तर्साएर छत्रावास राखिनु शोषण मात्र हो।

यति मात्र होइन,अंग्रेजी माध्यमका नामबाट चलाइएका सामुदायिक बिध्यालयमा अतिरिक्त पाठ्यपुस्तक प्रयोग गराइ प्रकाशकबाट दुइचार जना महामहिमहरुले मोटो रकम लिएर मोज गरि रहेका छन भन्ने गुनासो सुन्न पाइन्छ।अन्यथा यहि पाठ्यपुस्तक बाट सम्भव छैन भनी थप पाठ्यपुस्तक प्रयोग गर्न किन बहस चलाइदैन?हरेक बर्ष पाठ्यपुस्तक परिवर्तन गरि अभिभावक शोषण गर्ने निजि स्कुलको सिको गर्ने सामुदायिक बिद्यालयले समेत पाठ्यपुस्तक बाट सामुदायिक स्कुलका बिद्यार्थि र अभिभावकलाई शोषण गरि ब्यक्तिगत लाभ लिएका प्रसस्त समाचारहरु सुन्न पाइन्छ।अन्धाधुन्ध शिक्षक र प्र अ मात्रलाइ आर्थिक उपार्जनको माध्यम बनाउन कै लागि गरिएको छात्रावासिय ब्यबस्थाको सम्बन्धमा बहस गर्न जरुरी छ।के कक्षा १० छात्रावास बिना शिक्षकको इमान्दारिताबाट अध्यापन गरेर सफलता हासिल गर्नै नसकिने कक्षा हो वा अन्य कारणले अभिभावक माथी शोषण गरिएको छ?सम्बन्धित निकायबाट छानबिन  र नियमन गर्नु अनिवार्य छ।

लेखक जनता मा वि,अरुणखोला नवलपरासीका शिक्षक हुन ।

प्रकाशित : २०७६ पुष १० गते ९:०७
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI