बसले ठक्कर दिदा साईकल यात्रीको मृत्यु

NAWALPUR TIMES
प्रकाशित : २०७६ पुष १० गते १०:५०
बसले ठक्कर दिदा साईकल यात्रीको मृत्यु

चितवनमा बसको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ । भरतपुर महानगरपालिका–१ दियालो रोडमा बसले ठक्कर दिँदा राप्ती नगरपालिका–१३ बाक्सिलिङका १७ वर्षीय फिलिप प्रजाको मृत्यु भएको छ । 
पुल्चोकबाट पोखरा बसपार्क जाँदै गरेको ना४ख ६३३० नंको बसले आज बिहान ७ः३० बजे साइकलयात्रीलाई ठक्कर दिएको हो । 
बसको ठक्करबाट घाइते साइकलयात्रीको भरतपुर अस्पतालमा उपचारका क्रममा बिहान ८ बजे मृत्यु हो ।  बस नियन्त्रणमा रहेको र फरार चालकको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
 

प्रकाशित : २०७६ पुष १० गते १०:५०
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI