१० रुपैयाँ किलो प्याज बेच्ने दुई जना पक्राउ

NAWALPUR TIMES
प्रकाशित : २०७६ पुष १० गते १३:०३
१० रुपैयाँ किलो प्याज बेच्ने दुई जना पक्राउ

प्याजको मूल्य आकाशिएको बेला चोरी गरेको प्याज सस्तो मूल्यमा बेच्ने २ जना पक्राउ परेका छन् । भारतको मध्य प्रदेशको ग्वालियरमा दुई युवकले १० रुपैयाँ किलो प्याज बेचिरहेका थिए । उनीहरु अहिले पक्राउ परेको भारतीय दैनिक अमर उजालाले लेखेको छ । प्याजको बढिरहेको मूल्यबाट हैरान भएका यी दुई युवकले ६० हजार भारु मूल्य बराबरको प्याज चोरी गरे । त्यसपछि उनीहरुले यो प्याजलाई १० देखि २० रुपैयाँ किलो बेच्न सुरु गरे ।

सस्तो प्याज बेचिरहेको हल्ला चलेपछि सस्तोमा किन्न मानिसहरुको भीड जम्मा भयो । सस्तो पाएपछि मानिसहरुले तत्कालै प्याज किने । दुवैले मिलेर केही घण्टामै पूरै प्याज बेचेर सके । पुलिसका अनुसार अजय जाटव र जितु वाल्मिकी नामका २ युवक शहरको एक गोदाममा घुसे । दुवैले ठूलो मात्रामा लसुन र प्याज चोरे । उनीहरुले ५० किलो प्याजका १२ बोरा र लसुनका २ बोरा चोरी गरेका थिए ।

मंगलबार दुवै युवकलाई अदालतमा पेश गरियो जहाँबाट दुवैलाई पुलिस कस्टडीमा पठाइएको छ । पुलिसका अनुसार दुवै युवकलाई खोजेर गिरफ्तार गरिएको हो । दुवैले अपराध पनि स्वीकार गरेका छन् ।। आरोपीहरुले आफूहरु प्याजको बढिरहेको मूल्यबाट हैरान भएपछि चोरी गरेको बताएका छन् ।

प्रकाशित : २०७६ पुष १० गते १३:०३
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI