पिपिएल फाईनलमा विराटनगर र चितवन भिडने

NAWALPUR TIMES
प्रकाशित : २०७६ पुष १० गते १६:४२
पिपिएल फाईनलमा विराटनगर र चितवन भिडने

काठमाडौं, पुस १० गते । बिराटनगर टाइटन्स पोखरामा जारी प्रिमियर लिग टी ट्वान्टी खेलको फाइनलमा पुगेको छ । फाइनलमा उपाधिका लागि उसले चितवन राइनोजसँगको स्पर्धा सुनिश्चित गरेको छ । फाइनल खेल शनिबार पोखरा रङ्गशालामा हुनेछ ।
पोखरा प्रिमियर लिगको एलिमिनेटर खेलमा बिराटनगरले बुटबललाई २१ रनले हराउँदै उपाधिको लागि चितवनसँगको भेट सुनिश्चित गरेको हो । बिराटनगर प्रिमियर लिगको फाइनलमा पुगेको यो पहिलो अवसर हो । बिराटनगरले प्रस्तुत गरेको १६६ रनको लक्ष्य पछ्याउँदै बुटबल १९ ओभरमा १४३ रनमा समेटिन पुग्यो । बुटबलका लागि ओनपर अफताबुद्दीन अहमदले मात्र २२ बलको सामना गर्दै ४३ रनको पारी खेलेर उत्कृष्ट सुरुवात दिलाउनुभएको थियो । शंकर राना चार र हर्ष टङ्कले दुई रनमा पेभेलियन फर्किदा मध्यक्रममा भिम सार्कीले ४४ रनको योगदान दिनुभयो । १५ ओभरमा मात्र पाँच विकेटको क्षतिमा १२७ रन जोडेको बुटबलले बाँकीको पाँच ओभरमा लगातार विकेट गुमाएपछि उसको फाइनल पुग्ने सम्भावना सकियो ।
बिराटनगरका लागि जितेन्द्र मुखिया, किशोर महतो र पुनित मेहराले डेथ ओभरमा उत्कृष्ट बलिङ्ग गर्दै खेलमा वापसी गराउनुभएको थियो ।

प्रकाशित : २०७६ पुष १० गते १६:४२
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI