केदारनाथ धामका पिठाधिस नवलपुरको चोरमारा आउदै ।

NAWALPUR TIMES
प्रकाशित : २०७६ पुष १० गते १८:२६
केदारनाथ धामका पिठाधिस नवलपुरको चोरमारा आउदै ।


केदारनाथका पिठाधिश शिवाचार्य महाराज ज्यु नवलपुरको चोरमारामा आउनुहुने भएको छ ।
मध्यबिन्दु नगरपालिका वडा नं.०७ चोरमारा स्थित नबजागरण बहुमुखी क्याम्पसले आयोजना गरेको धनधान्याचलमा केदारनाथका पिठाधिश शिवाचार्य महाराज ज्यु आउन लाग्नुभएको हो । बिश्वका सनातन धर्मावलम्बिले पाँच जना शिवाचार्यलाई पुज्ने गर्दछन । चोरमारा आउन लाग्नुभएका सिवाचार्य त्यिनै पाँच मध्येका एक हुनुहुन्छ ।
उहाँ मकर सक्रान्तिका दिन देबघाटमा स्नान गरि नबजागरण बहुमुखी क्याम्पसले आयोजना गरेको श्रीमद्भागवत पितृ मोक्ष एबं धनधान्याचल बिराट ज्ञान महायज्ञमा आउने कार्यक्रम रहेको आयोजकले बताएको छ ।
“भारतको केदारनाथबाट चार्टर गरेर उहा देबघाटमा स्नान गर्न जानुहुनेछ त्यसपछी सिधै यज्ञमा आउने कार्यक्रम छ ” महायज्ञ मुल आयोजक समितिका संयोजक चेतनाथ तिवारिका अनुसार शिवाचार्य माघ १ गते देखि माघ ५ सम्म महायज्ञमा बस्ने कार्यक्रम रहेको छ । शिवाचार्य महाराज ज्यु लाई राख्नका लागि बिशेष ब्यवस्था मिलाइएको छ भने देश बिदेशका धर्मानुरागी महानुभाब उहाँको दर्शनका लागि आउन सक्ने अवस्थालाई मध्यनजर गर्दै सुरक्षाको पनि उचित प्रबन्ध मिलाईएको क्याम्पस ब्यवस्थापन समितिका अध्यक्ष तुलसिराम तिवारिले जानकारी दिनुभएको छ । भारतका वैदिक सनातन धर्मावलम्बीले सिवाचार्य महाराज ज्यु लाई भगवानकै रुपमा पुज्ने गर्दछन । उहाँ क्याम्पसद्वारा आयोजित धनधान्याचलमा आउनुहुने भएपछि आयोजकले तयारिलाई व्यापक गराएको छ । “केही कार्यक्रमले गर्दा यो धनधान्याचल अरु भन्दा फरक र बिशेष हुनेछ ” नबजागरण बहुमुखी क्याम्पसका प्रधान संरक्षक बिष्णु कुमार कार्किका अनुसार शिवाचार्य महाराज ज्यु द्वारा समस्त पितृको भक्ती मुक्तिका लागि विशेष पुजा हुनेछ । “केदारनाथका पिठाधिश नै हाम्रो ठाउँमा आइसकेपछी हामिले पितृ मोक्षका लागि बद्री केदार गईरहन नपरोस भनेर उहाँ द्वारा नै पितृ मोक्षका लागि विशेष पुजाको ब्यवस्था गर्नेछौ । यो अबसर सदुपयोग गर्नका लागि सम्पुर्णलाई अपिल समेत गर्दछौ । त्यस्तै उहाको आशिरबचन लिन चाहनेहरुको लागि पनि छुट्टै समय मिलाईनेछ ” कार्किका अनुसार शिवाचार्य महाराज ज्यु द्वारा वैदिक सनातन धर्मको बिषयमा प्रबचन समेत हुनेछ । महायज्ञका फुल पाती केदारनाथमा लगेर सेलाईने भएका कारणले पनि यो महायज्ञलाई विशेष रुपमा हेर्ने गरिएको छ । महायज्ञमा छिमेकी जिल्लाका मात्र नभएर छिमेकी रास्ट्रबाट समेत भक्तजन आउने विस्वाश आयोजकले राखेको छ । भागवत अलङ्कार पदबिले बिभुषित पण्डित नेत्र प्रसाद पराजुली ज्युको प्रमुख बाचकत्वमा नबजागरण बहुमुखी क्याम्पसको प्राङ्गणमा यहि पौष २७ गतेदेखी माघ ६ गते सम्म श्रीमदभागवत पितृ मोक्ष धनधान्याचल एबं बिराट ज्ञान महायज्ञ संचालन हुदैछ । स्नातकोत्तर कक्षा संचालन ,स्नातक तहमा प्राबिधिक शिक्षा र सुबिधा सम्पन्न क्याम्पस संचालनार्थ आयोजना गरिएको महायज्ञमा १५ करोड उठ्ने अपेक्षा आयोजकको रहेको आर्थिक समितिका संयोजक प्रकाश पङ्गेनिले बताउनुभएको छ । उदेश्य हेर्दा महत्वाकांक्षी लागेपनी अपेक्षित रकम उठाउनका लागि स्थानिय तथा बाह्य दानबिर पहिचान समिती गठन गरेको काम अगाडि बढाइएको छ । स्थानिय दानबिर पहिचान समितिको संयोजकमा केदार प्रसाद पराजुली हुनुहुन्छ भने बाह्य दानबिर पहिचान समितिको संयोजकमा क्याम्पसका प्रधान संरक्षक समाजसेबी बिष्णु कुमार कार्की रहनुभएको छ । यी दुबै समितिमा स्थानिय जनप्रतिनिधि ,समाजसेबी विभिन्न संघसस्थाका ब्यक्तिहरु सदस्य हुनुहुन्छ । अहिले मध्यबिन्दु नगरपालिकाको प्रत्येक वडामा वडा स्तरिय प्रचार प्रसार समिती गठनको क्रम जारी छ रहेको छ । यस्तो समिती छिमेकी पालिकाहरुमा पनि गठन गरिने प्रचार प्रसार समिती संयोजक जीवन पाठकले बताउनुभएको छ । महायज्ञमा
श्रीमदभागवत ,रुद्राभिशेक,बेद चण्डी,गिता पाठ,पारायण , गायत्री मन्त्र जप र हवन,ग्रह शान्ती अनुष्ठान ,धान्यान्चल ,तण्डुलाचल
पन्चदेबोपासना,कोटिदिप प्रज्वलन,तुलादान,भुमिदानको ब्यवस्था हुने आयोजकले जानकारी दिएको छ ।

प्रकाशित : २०७६ पुष १० गते १८:२६
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI