No ads found for this position

प्रशिक्षक प्रशिक्षण तालीम सम्पन्न

NAWALPUR TIMES
प्रकाशित : २०७६ पुष १० गते १९:२४
No ads found for this position
प्रशिक्षक प्रशिक्षण तालीम सम्पन्न
No ads found for this position

उमेश बि.क/ रुपन्देही ,१० पुस

“स्थानीय खानेपानी, सरसफाई तथा स्वच्छता” याेजना निर्माणका लागि माेबाईल एप्लिकेसन मार्फत तथ्यांक संकलन तथा सम्पादन सम्बन्धि ४ दिने प्रशिक्षक प्रशिक्षण तालिमकाे चाैंथाे संस्करण भैरहवामा सम्पन्न भएको छ ।

भाैतिक पुर्वाधार विकास मन्त्रालय प्रदेश ५ र युनिसेफकाे संयुक्त अायाेजनामा यहि पाैष ४ देखि ७ गतेसम्म भएको तालिमकाे समापन कार्यक्रममा बाेल्दै मन्त्रालयका खानेपानि महाशाखा प्रमुख ध्रुव धितालले प्रविधिकाे प्रयाेग मार्फत तथ्यांक संकलन गरि स्थानिय तहकाे खानेपानि, सरसफाई तथा स्वच्छताकाे वास्तविक अवस्था पत्ता लगाउन तथा वास याेजना निर्माण गर्न तालिम अायाेजना गरिएको बताउदै तालिममा सिकेका कुरा व्यवहारमा लागु गर्न सहभागीलाई अनुरोध गर्नु भयाे ।

कार्यक्रममा वास याेजना संयाेजक शान्ति बि.क, कञ्चन गाउँपालिकाका सुचना प्रविधि अधिकृत नारायण शर्मा, बुटवल उपमहानगरपालिका शाखा अधिकृत टाेपराज शर्मा र सिद्वार्थनगर नगरपालिकाका शाखा अधिकृत यादव प्रसाद सापकाेटाले बाेल्नु भयाे ।

प्रदेश ५ का विभिन्न पालिकाका सुचना प्रविधि अधिकृत, वास फाेकल पर्सन, वास याेजना संयाेजक, ईन्जिनियर, शाखा अधिकृत लगायत गरि ४६ जनाकाे सहभागिता रहेकाे तालिममा बलराम मायालु, प्रशन्ना ताल्चा, प्रशन्न पाण्डे, बासु देव पाण्डे, विपिन पाैडेल र थारेन्द्र पाैडेलले सहजिकरण गर्नु भएकाे थियाे ।

प्रकाशित : २०७६ पुष १० गते १९:२४
No ads found for this position
Copyright © 23 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI