पितृमोक्ष महायज्ञको तयारी तिब्र : विनयी त्रिवेणिमा समिती गठन
NAWALPUR TIMES प्रकाशित : २०७६ पुष १० गते २०:०२
No ads found for this position
No ads found for this position
सुबाश खत्री/ चोरमारा
नबजागरण बहुमुखी क्याम्पस चोरमारामा हुने धनधान्याचलको प्रचारप्रसारका लागि आज प्रचार प्रसार समितिको टोली बिनयी त्रिबेणी गाउँपालीका पुगेको छ । यहि पौष २७ देखि माघ ६ गते सम्म हुने श्रीमदभागवत पितृमोक्ष एबं धनधान्याचल संगितमय बिराट ज्ञान महायज्ञको प्रचारप्रसारका लागि आज बिनयी त्रिबेणि गाउँपालीका पुगेको हो । प्रचार प्रसार समिती अहिले विभिन्न पालिकाको वडाहरुमा वडास्तरिय समिती गठनमा ब्यस्त छ । सोही अनुसार आज बिनयी त्रिबेणि गाउँपालिका बडा नं ४ मा बडाअध्यक्ष गोपाल अधिकारीको संयोजकत्वमा प्रचार प्रसार समिति समेत गठन गरेको छ । वडा अध्यक्ष अधिकारिले महायज्ञ सफल पार्नका लागि हरसम्भब खट्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको थियो । क्याम्पसमा अध्ययन गर्ने विधार्थीहरुका लागी सर्वसुलभ शिक्षाको व्यवस्था गर्ने, क्याम्पसलाई भौतिक सुविधायुक्त बनाई गुणस्तर सुनिश्चितता प्रत्यायन क्यिु ए ए प्राप्त गराउन, स्नातक तहमा समयसापेक्ष प्राविधिक शिक्षा तथा छात्रावास सन्चालन गर्न, अति विपन्न परिवारका विद्यार्थीहरुलाई छात्रावृती प्रदान गराउने उदेश्यले पितृ मोक्ष बिराट ज्ञान महायज्ञको आयोजना गरिएको धन्यान्चल संयोजक चेतनाथ तिवारीले बताउनुभएको छ । धनधन्यान्चलबाट करिब १५ करोड संकलन गर्ने लक्ष्य राखीएको आर्थीक समिति संयोजक प्रकाशचन्द्र पंगेनिले बताउनुभएको छ । शैक्षीक क्षेत्रमा गरिएको लगानिलाई सबैले साथ र सर्मथन गर्नका लागि सम्पुर्णलाई आयोजकले अपिल गर्दै आएको छ । महायज्ञमा केदारनाथका पिठाधिश शिवाचार्य महाराज ज्यु द्वारा पितृ मोक्षका लागि पुजाको ब्यवस्था गरिने बताईएको छ ।
Facebook Comment