माओको विचारको रक्षा हामीले मात्र गरेका छौ : गजुरेल

NAWALPUR TIMES
प्रकाशित : २०७६ पुष १० गते २०:१०
माओको विचारको रक्षा हामीले मात्र गरेका छौ : गजुरेल


रामकुमार श्रेष्ठ /पोखरा ।

नेकपा क्रान्तिकारी माओवादीको स्थायी कमिटि सदस्य सिपी गजुरेलले माओको विचार नेकपा क्रान्तिकारी माओवादीले मात्र रक्षा गरेको दावी गरेका छन् ।
विहीबार माओ जयन्तीको अवसरमा पोखराको अमरसिंह चोकमा आयोजित कार्यक्रममा बोल्दै क्रान्तिकारी माओवादीका नेता गजुरेलले यस्तो बताएका हुन् ।
उनले भने – माओ विचारको रक्षा, प्रयोग र विकास गर्नेमा हाम्रो पार्टी मात्र प्रति बद्ध छ ।
गजुरेलले सत्ता पक्षीय नेकपाले कम्युनिष्टको नाममा माओ विचार धारा वोक्ने कम्युनिष्ट पार्टीलाई आतंकवादी र उग्रवादी पार्टीको विल्ला दिएर सच्चा कम्युनिष्ट आन्दोलनलाई तुहाउने र क्रान्तिकारी पार्टीका कार्यकर्ताहरुलाई हतोत्साहित पार्ने काममा लागि परेको आरोप समेत लगाए ।
क्रान्तिकारी माओवादी प्रदेश नं. ४ को आयोजनामा भएको कार्यक्रममा बोल्दै उनले यो सरकार नाममा मात्रको कम्युनिष्ट पार्टीको सरकार भएकोले कम्युनिष्टको नाममा जनतालाई धोका दिने काम भएको र त्यसको भण्डाफोर गर्न आवश्यक रहेकोमा जोड दिए ।
नेकपा क्रान्तिकारी माओवादीका केन्द्रिय सदस्य नारायण अधिकारीको सञ्चालनमा भएको कार्यक्रम प्रदेश इन्चार्ज केशबहादुर परियारको अध्यक्षतामा भएको थियो ।

प्रकाशित : २०७६ पुष १० गते २०:१०
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI