No ads found for this position

पितृ मोक्ष महायज्ञको प्रचार प्रचारका लागि बसन्तपुरमा समिती गठन ।

NAWALPUR TIMES
प्रकाशित : २०७६ पुष ११ गते २०:१६
No ads found for this position
पितृ मोक्ष महायज्ञको प्रचार प्रचारका लागि बसन्तपुरमा समिती गठन ।
No ads found for this position

नबजागरण बहुमुखी क्याम्पस मध्यबिन्दु ०७ चोरमारामा यहि पौष २७ गतेदेखि माघ ०६ गतेसम्म हुने श्रीमद्भागवत पितृ मोक्ष धनधान्याचल बिराट ज्ञान महायज्ञको वडा स्तरिय प्रचार प्रसार समिती गठनको क्रमलाई तिब्रता दिईएको छ । प्रचारप्रसारलाई विभिन्न पालिकाको वडा सम्म पुर्याउनका लागि वडा स्तरिय समिति गठन गर्न लागिएको हो । जसअन्तर्गत आज मध्यबिन्दु नगरपालिकाको वडा नम्बर ०९ बसन्तपुरमा एक कार्यक्रमका बिच समिति गठन गरिएको छ ।

वडा अध्यक्ष लक्ष्मी ज्ञवालिको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा स्थानिय प्रमोद कार्किको संयोजकत्वमा ३३ सदस्यीय वडा स्तरिय समिति गठन गरिएको हो । वडा स्तरिय प्रचार समितिका संयोजक कार्किले धनधान्याचल सफल पार्नको लागि आफुहरु अहोरात्र खटिएर प्रचारप्रसारमा लाग्ने बताउनुभएको थियो भने प्रमुख अतिथी रहनुभएका वडा अध्यक्ष लक्ष्मी ज्ञवालिले धनधान्याचल सफल पार्नको लागि वडाको तर्फबाट आफुले सक्दो सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्दै सम्पुर्ण वडाबासीलाई यस पुन्य कार्यमा सृजनात्मक सहभागीताका लागि अपिल गर्नुभएको थियो । कार्यक्रमका सहभागिहरुले यस महायज्ञले यहाँका विद्यार्थीहरुको शैक्षिक भबिस्य सुनौलो गराउने भएकाले धनधान्याचल सफल पार्नु आवश्यक रहेकोमा जोड दिदै आफुहरुको पुर्ण सहयोग रहने बताएका थिए ।

प्रचार प्रसार समितिका संयोजक जीवन पाठकको अध्यक्षतामा सम्पन्न कार्यक्रममा महायज्ञका सचिवालयका पदाधिकारी ,स्थानिय समाजसेबी बुद्धिजीवीहरुको उपस्थिति रहेको थियो । वडा स्तरिय प्रचार प्रसार समिती गठनको योजना अनुसार अहिलेसम्म मध्यबिन्दु नगरपालिकाका वडानम्बर ३,४,५,६,७,८ मा समिति गठन गरिसकिएको महायज्ञ मुल समारोह समितिका उपसंयोजक केदार प्रसाद पराजुलिले जानकारी दिनुभयो । वडा स्तरिय समिती मध्यबिन्दु नगरपालिका भित्र मात्र नभएर बिनयी त्रिबेणि गाउँपालिका, हुप्सेकोट गाउँपालिका र कावासोती नगरपालिका मा पनि गठन गरिने बुझिएको छ । जस अन्तरगत बिनयी त्रिबेणिको केही वडामा समेत प्रचार प्रसार समिती गठन गरिसकिएको छ । महायज्ञमा केदारनाथका पिठाधिश सिवाचार्य महाराजद्वारा पितृ मोक्षका लागि बिशेष पुजाको ब्यवस्था गरिने आयोजकले जानकारी दिएको छ । क्याम्पसमा अध्ययन गर्ने विधार्थीहरुका लागी सर्वशुलभ शिक्षाको व्यवस्था गर्ने, क्याम्पसलाई भौतिक सुविधायुक्त बनाई गुणस्तर सुनिश्चितता प्रत्यायन क्यिु ए ए प्राप्त गराउन, स्नातक तहमा समयसापेक्ष प्राविधिक शिक्षा तथा छात्रावास सन्चालन गर्न, अति विपन्न परिवारका विद्यार्थीहरुलाई छात्रावृती प्रदान गराउँने उदेश्यले पितृ मोक्ष बिराट ज्ञान महायज्ञको आयोजना गर्न लागिएको हो ।

प्रकाशित : २०७६ पुष ११ गते २०:१६
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI