No ads found for this position

अनेरास्ववियु नवलपुरले बितरण गर्यो न्यानो कपडा ।

NAWALPUR TIMES
प्रकाशित : २०७६ पुष ११ गते २०:२०
No ads found for this position
अनेरास्ववियु नवलपुरले बितरण गर्यो न्यानो कपडा ।
No ads found for this position


कावासोती, ११ पुस । अनेरास्ववियु नवलपुरले हुप्सेकोट गाउँपालिका–४, झातेमा रहेको नवस्मृति आधारभुत विद्यालयका ६६ जना विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ ।

जिल्लाको पहाडी क्षेत्रमा रहेको विद्यालयमा अध्ययन गर्ने ६६ जना विद्यार्थीलाई जाडोमा लगाउने स्वीटर र टोपी वितरण गिरिएको अनेरास्ववीयु नवलपुरका संयोजक ठाकुर पराजुलीले बताउनुभयो । अनेरास्ववीयुले संचालन गरेको अभियानमा सहयोग गर्ने दाताहरुबाट संकलित रकमबाट स्वीटर र टोपी वितरण गरिएको बताईएको छ । साथै आजनै अनेरास्ववियु नवलपुरकै आयोजनामा मध्यविन्दु आँखा उपचार केन्द्रको सहयोगमा विद्यालयमा अध्ययनरत विद्यार्थी र अन्य स्थानीयको आखा जाँच समेत भएको गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि रहनुभएका राष्ट्रिय युवा संघका केन्द्रीय सदस्य मदन गिरी तथा विशेष अतिथिहरु समर राना,रुक्मांगद भुर्तेल,झबिलाल राना लगाएतका बोल्ने बक्त्ताहरुले पहाडी क्षेत्र र विपन्न परिवारलाई लक्षित गरि अनेरास्ववीयुृले सुरु गरेको अभियानको प्रशंसा गर्दै बिध्यार्थीको सङ्गठनले सामाजिक उत्तरदायित्व बहन गर्ने कार्यक्रम निरन्तर संचालन गरेमा समाजका धेरै समस्या आफै समाधान हुँदै जाने बताउनुभएको थियो ।कार्यक्रममा स्थानिय अगुवा ,बिध्यालय ब्यवस्थापन समितिका पदाधिकारी ,जनप्रतिनिधि, अनेरास्ववीयु जिल्ला कमिटीका पदाधिकारी तथा सदस्यहरुको समेत उपस्थिति रहेको यस अभियानका अभियन्ता सुरज सापकोटाले जानकारी दिनुभएको छ ।

प्रकाशित : २०७६ पुष ११ गते २०:२०
No ads found for this position
Copyright © 23 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI