No ads found for this position

नवलपुर विद्युत व्यवसायी संघको प्रथम साधरण सभा सम्पन्न, विद्युतको व्यवसाय वत्ती जस्तै उज्यालो छ: अध्यक्ष पौडेल

NAWALPUR TIMES
प्रकाशित : २०७६ पुष १२ गते १०:१६
No ads found for this position
नवलपुर विद्युत व्यवसायी संघको प्रथम साधरण सभा सम्पन्न, विद्युतको व्यवसाय वत्ती जस्तै उज्यालो छ: अध्यक्ष पौडेल
No ads found for this position

नवलपुर-विद्युतका सामानसँग सम्वन्धित व्यवसायको भविष्य वत्ती जस्तै उज्यालो रहेको विद्युत व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष सदुर्शन पौडेलले बताउनुभएको छ । शुक्रवार दलदलेमा भएको नवलपुर विद्युत व्यवसायी संघको प्रथम साधरणसभामा प्रमुख अतिथीको भनाई राख्दै पौडेलले सवैभन्दा वढि तार विक्रि हुने र त्यसपछिको वल्वहरुले पनि राम्रो आम्दानी दिने भएकाले गुणस्तीय सामान सुपथ मुल्यमा उपलब्ध गराउने गरी योजनाहरु निर्माण गर्नुपर्नेमा जोड दिनुभयो । अस्वस्थ्य प्रतिस्पर्धाले मात्रै व्यवसाय धराशायी हुने भन्दै निश्चित मापदण्ड तय गरेर विद्युतको व्यपार बढाउन आग्रह गर्नुभयो । तालिम संचालन देखि हक र अधिकारको कुरा उठान गर्न महासंघ गठन भएको भन्दै विद्युतका सामान विशेष गरी तारलाई अत्यावश्यक सामानको सूचीमा राख्न सरकारसँग आग्रह गरेको बताउनुभयो । अहिले इन्डक्सन चुलोको बजार बढिरहेको र गुणस्तरीय सामान विक्रि गर्न सके त्यसले दिर्घकालीन फाइदा हुने बताउनुभयो । सरकारले ४० जिल्ला मात्रै पूर्ण विद्युतीकरण गरेको र ३७ जिल्लामा विद्युतीकरणको काम वाँकी रहेकाले पनि विद्युतका सामानको व्यवसाय झन् फैलने बताउनुभयो ।

सरकारले आर्थिक अनुशासनमा भौतिक कारवाही गरेको भन्दै मानविय त्रुटीले हुने गल्तीलाई आर्थिक दण्डबाट समस्याको समाधान गर्न आग्रह गर्दै कर तिर्ने जनताको घरघर आएर सरकारले कर संकलन गर्नुपर्नेमा लाइन वसेर तिर्नुपर्ने वाध्यतालाई हटाउन आग्रह गर्नुभयो । कार्याक्रममा पौडेल ले बिधुत ब्याबसायिकले आफुहरु जोखिम मोलेर भय पनि ग्राहकको सेवा दिने गरेको र बिधुतको काम जटिल भएतापनि सयमित भयर सेवा दिन आग्रह गर्नुभयो । बिधुत ब्यबसायी संघ नवलपुरका अध्यक्ष पुरुषोतम भुसालको अध्यक्षतामा सम्पन्ना कार्यक्रमम देबचुली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिष्नुप्रसाद भुसाल ,बिधुत ब्याबसायि सघका प्रदेस सदस्य राजेन्द्र कार्की ,पत्रकार महासंघका अध्यक्ष होमराज रानाभाट ,उद्योग वाणिज्य संघका रेशम सापकोटा लगायत विभिन्न सघ सस्थाका प्रतिनिधिहरुले कार्यक्रमको शुभकामना व्यक्त गर्नुभएको थियो । कार्यक्रमको सहजीकरण सुजन अधिकारीले गर्नुभएको थियो । साधारण सभामा गैंडाकोटका अग्निपिडत बिद्युत ब्यवसायी नवराज पौडेललाई महासँघ र जिल्ला संघ नवलपुरबाट क्रमशः २५ हजार र १० हजार गरी ३५ हजार रुपैंया नगद आर्थिक सहयोग प्रदान गरिएको थियो । स्थापना भएको १ वर्ष नहुदै संघमा आवद्ध सदस्यलाई परेको बिपत्तिमा संघ सधै साथमा रहेको अनूभूति दिलाउन सहयोग गरिएको हो । साधारण सभामा चितवन, रुपन्देही, कास्की लगायतका जिल्लास्थित संघका पदाधिकारी प्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो । नवलपुर बिद्युत ब्यवसायी संघमा अहिलेसम्म १ सय ८ जना ब्यवसायी आवद्ध रहेका छन् । कार्यक्रममा विद्युत व्यवसायीहरुलाई मायाको चिनो दिइएको थियो भने थारु जातीहरुको विशेष नृत्य पनि देखाइएको थियो ।

प्रकाशित : २०७६ पुष १२ गते १०:१६
No ads found for this position
Copyright © 23 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI