No ads found for this position

पिपिएल-२को उपाधी चितवन राईनोजलाई

NAWALPUR TIMES
प्रकाशित : २०७६ पुष १२ गते १५:२४
No ads found for this position
पिपिएल-२को उपाधी चितवन राईनोजलाई
No ads found for this position

बिराटनगर टाईटन्सलाई ३२ रनले पराजित गर्दै पारस खड्का कप्तानीको चितवन राइनोजले पोखरा प्रिमियर लिग ( पिपिएल ) टि-२० को उपाधि जितेको छ।

अघिल्लो सिजन फाइनलमा पोखरा पल्टनसंग पराजित भएको चितवनले दोश्रो सिजन भने उपाधि जित्न सफल रह्यो। लिग चरणमा सबै पांच खेल जित्दै सोझै फाइनल प्रवेश गरेको चितवन प्रतियोगितामा अपराजित रह्यो। प्रतियोगिताको अघिल्लो सिजनको उपाधि शरद भेसावकर कप्तानीको पोखरा पल्टनले जितेको थियो जुन टिम यो पटक प्लेअफ पुग्न असफल रह्यो।

खेलमा टस हारेर पहिले ब्याटिंग गरेको चितवनले दिएको २०३ रनको लक्ष्य पछ्याउने क्रममा बिराटनगरले २० ओभर ब्याटिंग गरेता पनि ७ विकेट गुमाएर १७० रन मात्र बनाउन सक्यो।

बिराटनगरको लागि ओपनर मोहम्मद जैद आलमले सर्वाधिक ५७ रन बनाए जुन क्रममा ४८ बलमा ५ चौका र ३ छक्का प्रहार गरे। ओपनर सुनिल धमला ४ रन तथा र लोकेश बम १ रन बनाएर आउट भए पछि जैद र नोमन खानले तेश्रो विकेटको लागि ५३ रनको साझेदारी गरेका थिए। १८ रन बनाएर नोमन आउट भएपछि आलम पनि लगत्तै रोहन मुस्तफाबाट क्याच आउट भए।

त्यसपछि क्रिजमा आएका पुनित मेहरा र कप्तान प्रदिप ऐरीले पाँचौ विकेटको लागि ४७ रनको साझेदारी गरे। आक्रामक ब्याटिंग गरेका मेहरा १३ बलमा ३ छक्का र २ चौका मदतले ३२ रन बनाएर १८ औं ओभरमा सन्नी पटेलबाट आउट हुँदा चितवा खेलमा हावी भयो। प्रदिप ऐरी ३६ रन बनाएर आउट भए जसले २५ बलमा ३ चौका र १ छक्का प्रहार गरे।

चितवनको बलिंगमा करन केसीले सर्वाधिक ३ विकेट लिए जुन क्रममा ४ ओभरमा ३६ रन खर्चिए। सन्नी पटेलले २ विकेट लिन ४ ओभरमा ३७ रन खर्चिए। रोहन मुस्तफाले ३३ रन खर्चेर १ विकेट लिए।

खेलमा टस हारेर ब्याटिंग गरेको चितवनले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २०२ रन बनाउदै बिराटनगरलाई २०३ रनको विशाल लक्ष्य प्रस्तुत गरेको थियो।

चितवनको लागि अनिल साह र रोहन मुस्तफाले अर्धशतकिय योगदान दिने क्रममा समान ५० रन बनाए। रोहनले ४३ बलमा ३ चौका र १ छक्का तथा साहले ३४ बलमा ३ चौका र ३ छक्का प्रहार गरे।

पारस खड्का २५ तथा बाबर हायात ५ रन बनाएर आउट भएपछि रोहन र अनिलले तेश्रो विकेटको लागि ९५ रनको साझेदारी गरेका थिए।

रोहन र अनिल १६ औं ओभरमा आउट भएपछि इनिंगको अन्तिममा आरिफ शेख, सन्नी पटेल र करन केसीले आक्रामक सटहरु खेल्दै टिमको योगफल २०० पार गराए। ११ बलमा २ छक्का र १ चौका प्रहार गरे पछि आरिफ १९ रन बनाएर आउट भए। त्यसपछि सन्नी पटेलले ८ बलमा २ चौका मदतले १६ तथा करन केसीले ८ बलमा २ चौका र २ छक्का मदतले २६ रन बनाए।

करनले इनिंगको अन्तिम ओभरमा किशोर महतोलाई २ चौका र २ छक्का हिर्काएका थिए। यस्तै पारस खड्काले जितेन्द्र मुखियाले गरेको खेलको तेश्रो ओभरमा ४ चौका र १ छक्का प्रहार गरेका थिए।

बिराटनगरको बलिंगमा मोहम्मद जैद आलम ( ४-०-३६-२ ) र पुनित मेहरा ( ४-०-२५-२ ) ले समान २/२ विकेट तथा किशोर महतोए १ विकेट लिए। महतोले ४ ओभरमा ५७ रन खर्चिए। विकेट विहिन रहेका जितेन्द्र मुखियाले ३ ओभरमा ३८ रन खर्चिए। शाहब आलम पनि विकेट विहिन रहंदा ४ ओभरमा ३० रन खर्चिए।

प्रकाशित : २०७६ पुष १२ गते १५:२४
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI