पितृ मोक्ष धनधान्याचलको तयारिमा विभिन्न अन्तरक्रिया संचालन

NAWALPUR TIMES
प्रकाशित : २०७६ पुष १२ गते २०:५१
पितृ मोक्ष धनधान्याचलको तयारिमा विभिन्न अन्तरक्रिया संचालन


नबजागरण बहुमुखी क्याम्पस चोरमारामा हुने पितृ मोक्ष धनधान्याचलको तयारी तिब्र पारिएको छ । यहि पौष २७ देखि माघ ६ गते सम्म सन्चालन हुने श्रीमदभागवत पितृमोक्ष धनधान्याचल बिराट ज्ञान महायज्ञको लागि आन्तरिक तथा बाहय तयारी तिब्र पारिएको हो । जस अन्तरगत अहिले विभिन्न पालिकाहरुको वडामा वडा एबं टोल स्तरिय प्रचार प्रसार समिति गठन, क्याम्पस परिसरमा महायज्ञ स्थल निर्माण,बिज्ञापनका पर्चा ,पम्प्लेट टास्ने र निमन्त्रणाको काम द्रुत गतिमा बढाईएको छ ।


नबजागरण बहुमुखी क्याम्पस ब्यवस्थापन समितिका अध्यक्ष तुलसिराम तिवारिका अनुसार अहिले रास्टृय रुपमा ख्याती प्राप्त ब्यक्तित्वहरुलाई भेटेर महायज्ञको गरिमा,आवश्यकता र योजना जानकारी गराउदै निमन्त्रणा दिने काम भईरहेको छ । “हामी फरक फरक तरिकाले प्रचारमा जुटेका छौ । यहाँ (नबजागरण बहुमुखी क्याम्पस द्वारा आयोजित धनधान्याचलमा) केदारनाथका पिठाधिश शिवाचार्य महाराज ज्यु आउने कारणले पनि बिशिस्ट ब्यतित्वहरुले फरक महत्व दिएर हेर्नुभएको छ । अर्कातिर यस क्षेत्रमा सुबिधा सम्पन्न क्याम्पस स्थापनाको उदेश्यका कारणले पनि यस कार्यक्रमलाई महत्व दिएर हेरेको महसुस गरेका छौ । जसका कारण उत्साह थपिएको छ ।” तिवारिका अनुसार महायज्ञलाई यस क्षेत्रका धार्मिक स्थल,विभिन्न पिठका पिठाधिस,विद्वान ,बाचक र वैदिक सनातन धर्म सङ्ग सम्बन्धित संघ संस्था र ब्यापारिक प्रतिस्ठानहरुबाट सहयोगको प्रतिबद्धता आउने गरेको छ । सोही क्रममा आज पवित्र धार्मिक स्थल देवघाटका पिठाधिश श्री १००८ कैलाशानन्द सरस्वती महामण्डलेश्वर महाराज, पूर्वप्रधानन्यााधीश श्री दामोदर प्रसाद शर्मा, लगाएत नेपाल सरकारका विशिष्ट महानुभाब सङ्ग भेटेर अन्तरक्रिया गरिएको थियो । प्रत्येक वडामा समिती गठन गर्दा कसरी सभ्य र भब्य रुपा महायज्ञ सम्पन्न गर्ने भन्ने सन्दर्भमा अन्तरक्रिया गर्ने गरिएको छ । क्याम्पसमा अध्ययन गर्ने विधार्थीहरुका लागी सर्वसुलभ शिक्षाको व्यवस्था गर्ने, क्याम्पसलाई भौतिक सुविधायुक्त बनाई गुणस्तर सुनिश्चितता प्रत्यायन QAA प्राप्त गराउन, स्नातक तहमा समयसापेक्ष प्राविधिक शिक्षा तथा छात्रावास सन्चालन गर्न, अति विपन्न परिवारका विद्यार्थीहरुलाई छात्रावृती प्रदान गराउने उदेश्यले पितृ मोक्ष बिराट ज्ञान महायज्ञको आयोजना गरिएको मुल आयोजक समिति संयोजक चेतनाथ तिवारीले बताउनुभएको छ । यज्ञमा केदारनाथका पिठाधिश जगतगुरु शिवाचार्य महाराजद्वारा पितृ मोक्षका लागि पुजाको समेत ब्यवस्था गरिएको छ ।

प्रकाशित : २०७६ पुष १२ गते २०:५१
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI