बिराट सामुदायिक बन हुप्सेकोटको साधारणसभा सम्पन्न

NAWALPUR TIMES
प्रकाशित : २०७६ पुष १३ गते १२:१०
बिराट सामुदायिक बन हुप्सेकोटको साधारणसभा सम्पन्न

विराट सामुदायिक वन उपभोक्ता समूह हुप्सेकाेट ३ ले आफ्नो सातौ वार्षिक साधारणसभा शनिवार सम्पन्न गरेकाे छ । हुप्सेकोट गाउँपालिका अध्यक्ष श्री लक्ष्मी देवी पाण्डे काे प्रमुख अातिथ्यता रहेकाे कार्यक्रममा सहायक वन अधिकृत कृष्ण वहादुर देवकोटा , हुप्सेकोट सब डिभिजन प्रमुख चमेलि नकर्मी हुप्सेकोट गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष छबिलाल मिधुन,जिल्ला बन महासंघका गुरु प्रसाद खनाल लगायतकाले मन्तब्य राख्नुभएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी पान्डेले सामुदायिक बनले सामाजिक उत्तरदायित्वको पक्षमा गरेको कामको प्रशंसा गर्नुभएको थियो । बनका कोषाध्यक्ष प्रेम बहादुर कार्किको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सामुदायिक बनका विभिन्न समितिका संयोजकहरुले आगार्मी कार्ययोजना तथा प्रतिबेदन प्रस्तुत गरेका थिय । शनिबार नै विशेष अधिबेशन गर्ने कार्यक्रम रहेता पनि सहमतिका लागि पौष १६ गते सारिएको छ । अधिबेशनका लागि केशब अधिकारी संयोजक रहेको निर्बाचन मन्डल गठन गरिएको बताईएको छ ।

प्रकाशित : २०७६ पुष १३ गते १२:१०
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI