पितृ मोक्ष महायज्ञको प्रचार प्रचारका लागि कावासोती ०४ हसौरामा समिती गठन ।

NAWALPUR TIMES
प्रकाशित : २०७६ पुष १३ गते २०:२४
पितृ मोक्ष महायज्ञको प्रचार प्रचारका लागि कावासोती ०४ हसौरामा समिती गठन ।

नबजागरण बहुमुखी क्याम्पस मध्यबिन्दु ०७ चोरमारामा यहि पौष २७ गतेदेखि माघ ०६ गतेसम्म हुने श्रीमद्भागवत पितृ मोक्ष धनधान्याचल बिराट ज्ञान महायज्ञको वडा स्तरिय प्रचार प्रसार समिती गठनको क्रमलाई तिब्रता दिईएको छ । प्रचारप्रसारलाई विभिन्न पालिकाको वडा सम्म पुर्याउनका लागि वडा स्तरिय समिति गठन गर्न लागिएको हो । जसअन्तर्गत आज कावासोती नगरपालिकाको वडा नम्बर ०४ हसौरामा एक कार्यक्रमका बिच समिति गठन गरिएको छ । महायज्ञका प्रचार प्रसार समिती संयोजक जीवन पाठकको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वैदिक सनातन धर्मका अभियन्ता धर्मराज पाठक प्रमुख अतिथी रहनुभएको थियो । कार्यक्रममा स्थानिय समाजसेवी राम प्रसाद तिवारिको संयोजकत्व तथा सीता गैरेको सह संयोजकत्वमा ११ सदस्यीय वडा स्तरिय प्रचार प्रसार समिति गठन गरिएको हो । वडा स्तरिय प्रचार समितिका संयोजक तिवारिले धनधान्याचल सफल पार्नको लागि आफुहरु अहोरात्र खटिएर प्रचारप्रसारमा लाग्ने बताउनुभएको थियो भने सहसंयोजक गैरेले धनधान्याचल सफल पार्नको लागि सम्पुर्ण वडाबासीलाई यस पुन्य कार्यमा सृजनात्मक सहभागीताका लागि अपिल गर्नुभएको थियो । कावासोती ४ का समाजसेबि नारायण पौडेल,महेश पान्डे लगायतका स्थानिय अगुवाहरुको उल्लेखनिय उपस्थितिमा सम्पन्न कार्यक्रममा महायज्ञ मुल आयोजक समितिका संयोजक चेतनाथ तिवारी,नबजागरण बहुमुखी क्याम्पसका अध्यक्ष तुलसिराम तिवारी विशेष अतिथी रहनुभएको थियो । वडा वडा स्तरिय प्रचार प्रसार समिती मध्यबिन्दु नगरपालिका,बिनयि त्रिबेणि गाउँपालिका, हुप्सेकोट गाउँपालिका र कावासोति नगरपालिकामा गठन गर्ने क्रम जारी राखिएको छ । महायज्ञमा केदारनाथका पिठाधिश शिवाचार्य महाराजद्वारा पितृ मोक्षका लागि बिशेष पुजाको ब्यवस्था गरिने आयोजकले जानकारी दिएको छ । क्याम्पसमा अध्ययन गर्ने विधार्थीहरुका लागी सर्वशुलभ शिक्षाको व्यवस्था गर्ने, क्याम्पसलाई भौतिक सुविधायुक्त बनाई गुणस्तर सुनिश्चितता प्रत्यायन क्यिु ए ए प्राप्त गराउन, स्नातक तहमा समयसापेक्ष प्राविधिक शिक्षा तथा छात्रावास सन्चालन गर्न, अति विपन्न परिवारका विद्यार्थीहरुलाई छात्रवृती प्रदान गराउँने उदेश्यले पितृ मोक्ष बिराट ज्ञान महायज्ञको आयोजना गर्न लागिएको हो । महायज्ञमा १५ करोड संकलन हुने अपेक्षा राखिएको आर्थिक समिती संयोजक प्रकाश पङ्गेनिले बताउनुभएको छ ।

प्रकाशित : २०७६ पुष १३ गते २०:२४
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI