भरतपुरको चौबिसकोठीमा भेटियो काटेर फालिएको मानव हात

NAWALPUR TIMES
प्रकाशित : २०७६ पुष १४ गते १५:०७
भरतपुरको चौबिसकोठीमा भेटियो काटेर फालिएको मानव हात

चितवन – भरतपुरको चौबिसकोठीमा काटेर फालिएको मानव हात फेला परेको छ । चौबिसकोठीमा रहेको पुष्पन्जली हस्पिटल नजिकै कम्पाउण्ड गरिएको जग्गामा काटेर फालिएको मानव हात फेला परेको हो ।


आज (सोमबार) मध्यान्ह दुई बालकहरुले उक्त हात देखेका थिए । दिशा गर्न जाने क्रममा उनिहरुले हात देखेपछी प्रहरीलाई खबर गरेका थिए । फेला परेको उक्त हात हेर्दा युवतीको जस्तो देखिन्छ । अनुसन्धान भईरहेकोले थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यलय चितवनका प्रहरी प्रवक्ता डिएसपी एक नारायण कोइरालाले जानकारी दिए ।

प्रकाशित : २०७६ पुष १४ गते १५:०७
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI