नवलपुर र कपिलवस्तुको आगजनीमा हाम्रो हात छैन : नेकपा

NAWALPUR TIMES
प्रकाशित : २०७६ पुष १४ गते १६:२१
नवलपुर र कपिलवस्तुको आगजनीमा हाम्रो हात छैन : नेकपा

पौष १४, लुम्बिनी ।
गत राती नवलपुर र कपिलवस्तुका वडा कार्यालयहरुमा भएको आगजनीमा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको कुनै संलग्नता नरहेको स्पष्ट पारेका छन ।
दुबै जिल्लाले छुट्टाछुट्टै विज्ञप्ति प्रकाशित गरि सो घटनामा आफ्नो पार्टीलाई जोडेर गरिएको बदनामिबाट भ्रमित नहुन सुरक्षा निकाय र आम जनसमुदायलाई स्पष्ट पारेका छन । नेकपा नवलपुरका सेक्रेटेरी शितल र कपिलवस्तुका सेक्रेटेरी अडानको नामबाट प्रकाशित गरिएका छुट्टाछुट्टै प्रेस बिज्ञप्तिमा भनिएको छ, ” हाम्रो पार्टीलाई बदनाम र दमन गर्ने उद्देश्यले राज्य वा अन्य घुसपैठ बाट उक्त आगजनी भएको हुन सक्ने हुँदा  त्यसबाट सतर्क रहँदै उक्त वडा कार्यालयमा भएको आगजनीमा हाम्रो पार्टीको कुनै पनि  संलग्नता नरहेको सुरक्षा निकाय र सम्पूर्ण
जनसमुदायहरुमा स्पष्ट पार्न चहान्छौं । ”
गत राती कपिलवस्तुको यसोधरा गाउँपालिका वडा नम्बर ३ र नवलपुर कावासोतीको वडा नम्बर १४ मा भौतिक क्षति हुनेगरी फर्निचर, कम्युटर, सरकारी कागजात लगायत जल्ने गरि एउटै प्रकृतिका आगजनी भएको थियो ।

प्रकाशित : २०७६ पुष १४ गते १६:२१
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI