म सभापतिको उमेदवार हुँ : डा.शेखर कोइराला

NAWALPUR TIMES
प्रकाशित : २०७६ पुष १४ गते १८:२७
म सभापतिको उमेदवार हुँ : डा.शेखर कोइराला

विराटनगर । नेपाली कांग्रेसका प्रभावशाली नेता डा शेखर कोइरालाले १४ औ महाधिबेशनमा आफु सभापति पदको उमेदवार भएको स्पष्ट पार्नुभएको छ । कोइराला निवासमा बिराटनगरमा नेपाल प्रेस युनियन मोरङले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा आफु पार्टी सबै साथीहरुले परार्मशमा रहेको र चाडै नै सहमतिमा नै आफुले सभापतिको उमेदवारी बिधिवत रुपमा घोषणा गर्ने जानकारी दिनुभयो । पत्रकार सम्मेलनमा नेता कोइरालाले पार्टीको परम्परालाई तोड्दै सभापति देउवाले बहुमतीय प्रक्रियामा गएर गलत परीपाटी बसालेको बताउनुभयो । सभापतिको यो निर्णयले पार्टीको हित गर्दैन भन्दै उहाँले भन्नु भयो , ‘यसले नेताहरुबीचको दूरी झन बढाएको छ ।’

कोइरालाले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेतृत्वको सरकार एकल कम्युनिस्ट शासनतर्फ जान लागेको पनि दाबी गर्नुभयो ।
३ नम्बर प्रदेशको राजधानी र नाम नेकपाको सचिवालय बैठकले टुंग्याउनु सरकार एकल कम्युनिस्ट शासन प्रणालीतर्फ जान लागेको झल्को देखिएको उहाको भनाइ थियो ।

डा कोइरालाले नेपाली काँग्रेसको महाधिवेशन निर्धारित समयमै हुुनुपर्नेमा जोड दिए । पार्टी सभापतिले महाधिवेशनको मिति सार्न नहुने सुझाव दिँदै डा शेखरले महाधिवेशनमा कार्यकर्ता एकभएर जाने विश्वास व्यक्त गर्नुभयो ।

प्रकाशित : २०७६ पुष १४ गते १८:२७
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI