एसपिएम कलेज गैंडाकोटले मनायो १४औ वार्षिकोत्सब

NAWALPUR TIMES
प्रकाशित : २०७६ पुष १४ गते १९:३९
एसपिएम कलेज गैंडाकोटले मनायो  १४औ वार्षिकोत्सब

गैंडाकोट-सुर्यभक्त पतनादेवी मेमोरियल कलेज(एसपिएम) गैंडाकोटले आज एक कार्यक्रमका बिच आफ्नो १४ वार्षिकोत्सब समारोह सम्पन्न गरेको छ । क्याम्पस संचालक समितिका अध्यक्ष महेन्द्रभक्त अधिकारीको अध्यक्षता एवं गण्डकी प्रदेश प्रमुख प्रतीपक्ष दलका नेता कृष्णचन्द्र नेपालीको प्रमुख आतिथ्यता कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपालीले कलेजले शिक्षा क्षेत्रमा पुर्‍याएको योगदानको प्रसंसा गर्दै आगामी दिन गैंडाकोटको शैक्षिक विकासमा थप सफलता प्राप्त होउस भन्दै शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा गैंडाकोट नगरपालिकाका उपप्रमुख विष्णुकुमारी कंडेल, वडा अध्यक्ष ध्रुवराम पौडेल, नवराज कंडेल, विभिन्न सामाजिक संघसंस्थाका अध्यक्ष एवं प्रतिनिधिलगायतको उपस्थिति रहेको थियो ।
 २०६३ सालमा स्थापना भइ उच्च शिक्षा दिंदै आएको कलेजले सोमबार विविध सांस्कृतिक कार्यक्रम गरेको छ यस्तै गरी क्याम्पसका सहयोगी महानुभावहरु र उत्कृष्ट विद्यार्थीलाई सम्मान गरेको छ । कार्यक्रममा कलेजलाई आर्थिक सहयोग गर्ने सहयोगदाता, अन्य सहयोग गर्ने सहयोगी र उत्कृष्ट विद्यार्थीहरुलाई सम्मान गरिएको क्याम्पस प्रमुख दिपेन्द्र पौडेलले बताए । कलेजले वार्षिकोत्सब को पुर्वसन्ध्यामा सप्ताहा व्यापी रुपमा विविध खेलकुद प्रतियोगिता सञ्चालन गरेको थियो । सोहीक्रममा विद्यार्थीहरुका लागि भलिबल प्रतियोगिता, हाजिरीजवाफ प्रतियोगिता, ब्याडमिन्टन प्रतियोगिता, टेवलटेनिस, गित र गजल प्रतियोगिता आयोजना गरेको थियो भने शिक्षकहरुका बीचमा म्युजिकल चेयर प्रतियोगिता सम्पन्न गरेको थियो । सबै प्रतियोगितात्मक कार्यक्रमका विजेतालाई आइतबार नै पुरस्कार प्रदान गरिएको कलेजले जनाएको छ ।

प्रकाशित : २०७६ पुष १४ गते १९:३९
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI