राष्ट्रपतिद्वारा तमु ल्होसारको शुभकामना

NAWALPUR TIMES
प्रकाशित : २०७६ पुष १५ गते ९:१३
राष्ट्रपतिद्वारा तमु ल्होसारको शुभकामना

काठमाडौंँ, पुस १५ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले तमु ल्होसारका अवसरमा सम्पूर्ण नेपाली गुरुङ समुदायलाई शुभकामना दिनुभएको छ । उहाँले दिनुभएको शुभकामना सन्देशमा नेपालमा मनाइने विभिन्न चाडपर्वले स्वदेश तथा विदेशमा समेत विशिष्ट सांस्कृतिक पहिचान स्थापित गरेको उल्लेख गर्नुभएको छ ।
उहाँले मुलुकको सांस्कृतिक सम्पदा संरक्षण तथा सम्बद्र्धन गरी सांस्कृतिक पर्यटन प्रवद्र्धन गर्न गुरुङ समुदायले निर्वाह गरेको भूमिकाको प्रशंसा गर्नुभएको छ । राष्ट्रपति भण्डारीले गुरुङ संस्कृति बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक राष्ट्रका रूपमा रहेको हाम्रो मुलुकको राष्ट्रिय संस्कृतिको एक महŒवपूर्ण अङगका रूपमा रहेको बताउनुभएको छ । उहाँले तमु ल्होसारजस्ता राष्ट्रिय पर्वले सबै नेपालीबीच बन्धुत्व, आपसी प्रेम र एकताको भावना बढाउन मद्दत गर्ने विश्वास पनि व्यक्त गर्नुभएको छ ।

प्रकाशित : २०७६ पुष १५ गते ९:१३
Copyright © 21 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI