नेपालका बलरद्वय सन्दीप लामिछाने र करण केसी सन् २०१९ मा टी-२० अन्तर्राष्ट्रिय खेलमा बढी विकेट लिने खेलाडीमा संयुक्तरुपमा शीर्ष स्थानमा रहन सफल भएका छन्।
लेगस्पिनर सन्दीप र तीव्र गतिका बलर करणसँगै नेदरल्यान्ड्सका ब्रान्डन ग्लोभर पनि बढी विकेट लिने खेलाडीको शीर्ष स्थानमा रहेका ंछन्।
तीनै जनाले सन् २०१९ मा २८-२८ विकेट लिएका छन्।
सन्दीपले १६ खेलमा २८ विकेट लिँदा करण र ग्लोभरले १९-१९ खेलमा २८ विकेट लिएका छन्।
औषतमा पनि सन्दीपको बलिङ राम्रो छ। सन्दीपले १३.७१ को औषतमा बलिङ गर्दा ग्लोबरले १६ र करणले १७ को औषतमा बलिङ गरेका थिए।
प्रकाशित : २०७६ पुष १५ गते ९:४२
No ads found for this position
Facebook Comment