No ads found for this position

पितृमोक्ष महायज्ञमा स्थानीय सक्रियता बढदो, टोलटोलमा समिती गठन हुदै

NAWALPUR TIMES
प्रकाशित : २०७६ पुष १५ गते ११:४८
No ads found for this position
No ads found for this position

नवलपुर टाईम्स संवाददाता
नबजागरण बहुमुखी क्याम्पस मध्यबिन्दु ०७ चोरमारामा यहि पौष २७ गतेदेखि माघ ०६ गतेसम्म हुने श्रीमद्भागवत पितृ मोक्ष धनधान्याचल बिराट ज्ञान महायज्ञको वडा तथा टोल स्तरिय प्रचार प्रसार समिती गठनको क्रमलाई तिब्रता दिईएको छ । प्रचारप्रसारलाई विभिन्न पालिकाको वडा सम्म पुर्याउनका लागि यस्तो समिति गठन गर्न लागिएको हो । जसअन्तर्गत आज मध्यबिन्दु नगरपालिकाको वडा नम्बर ०७ स्थित चोरमारा बजारमा एक कार्यक्रमका बिच समिति गठन गरिएको छ । महायज्ञका प्रचार प्रसार समिती संयोजक जीवन पाठकको अध्यक्षतामा सम्पन्न कार्यक्रममा चोरमारा बजार क्षेत्रका अगुवा,स्थानिय तथा ब्यापारिहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा गङ्गा भण्डारिको संयोजकत्व तथा सन्तोस पोख्रेलको सह संयोजकत्वमा १९ सदस्यीय टोल स्तरिय प्रचार प्रसार समिति गठन गरिएको हो । यो सङ्गै मध्यबिन्दु ०७ मा मात्र ६ वटा टोल स्तरिय प्रचार प्रसार समिती गठन भएको छ । वडा तथा टोल स्तरिय प्रचार प्रसार समिती मध्यबिन्दु नगरपालिका,बिनयि त्रिबेणि गाउँपालिका, हुप्सेकोट गाउँपालिका र कावासोति नगरपालिकामा गठन गर्ने क्रम जारी राखिएको छ । महायज्ञमा केदारनाथका पिठाधिश शिवाचार्य महाराजद्वारा पितृ मोक्षका लागि बिशेष पुजाको ब्यवस्था गरिने आयोजकले जानकारी दिएको छ । क्याम्पसमा अध्ययन गर्ने विधार्थीहरुका लागी सर्वशुलभ शिक्षाको व्यवस्था गर्ने, क्याम्पसलाई भौतिक सुविधायुक्त बनाई गुणस्तर सुनिश्चितता प्रत्यायन क्यिु ए ए प्राप्त गराउन, स्नातक तहमा समयसापेक्ष प्राविधिक शिक्षा तथा छात्रावास सन्चालन गर्न, अति विपन्न परिवारका विद्यार्थीहरुलाई छात्रवृती प्रदान गराउने उदेश्यले पितृ मोक्ष बिराट ज्ञान महायज्ञको आयोजना गर्न लागिएको हो । महायज्ञमा १५ करोड संकलन हुने अपेक्षा राखिएको महायज्ञका आर्थिक समिती संयोजक प्रकाश पङ्गेनिले बताउनुभएको छ ।

प्रकाशित : २०७६ पुष १५ गते ११:४८
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI