No ads found for this position

सोह्रखुट्टेमा पानी बोकेको टयाङ्कर अनियन्त्रित भई घरमै ठोक्किए

NAWALPUR TIMES
प्रकाशित : २०७६ पुष १५ गते १४:१८
No ads found for this position
सोह्रखुट्टेमा पानी बोकेको टयाङ्कर अनियन्त्रित भई घरमै ठोक्किए
No ads found for this position

काठमाडौं, पुस १५ गते । काठमाडौंं महानगरको ठमेलबाट नयाँबजार तर्फ जाँदै गरेको पानी बोकेको ट्याङ्कर अनियन्त्रित भई विपरीत दिशामा गएर घरमा ठोक्किन पुगेको छ । सोह्रखुट्टेको ओरालोबाट नयाँ बजारतर्फ जाँदै गरेको बा ३ ख नम्बरको गाडी बाँयाबाट अगाडि जाँदै गर्दा अनियन्त्रित भई दायाँतर्फको घरको ढोकामा ठोक्किन पुगेको हो ।
मंगलबार बिहान करिब ९ बजेतिर भएको सो घटनामा ट्याङ्करले एउटा निजी कार, तीन चारवटा मोटर साइकललाई ठक्कर दिँदै अगाडि बढेको घटनाका स्थानीय प्रत्यक्षदर्शीले जानकारी दिएका छन् । सोह्र खुट्टे प्रहरी प्रभागका प्रमुख डिएसपी सन्तोष सिंह राठौरले ठक्करबाट घरलाई सामान्य क्षति पुगेको, तीन चारवटा मोटर साइकलमा ठक्कर दिएको भए पनि अन्य मानवीय क्षति नभएको जानकारी दिनुभयो ।
कार्यालय समयको व्यस्त सडकमा आरोलातर्फ जाँदै गरेको ट्याङ्कर बाँयाँबाट दायाँतर्फको घरमा ठोक्किन पुग्दा ठूलो मानवीय क्षति हुनबाट जोगिएको स्थानीयले जनाए ।

प्रकाशित : २०७६ पुष १५ गते १४:१८
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI