देवचुली-९मा खुल्ला जिल्ला स्तरीय पुरुष भलिबल प्रतियोगिता सुरु

NAWALPUR TIMES
प्रकाशित : २०७६ पुष १५ गते १७:०५
देवचुली-९मा खुल्ला जिल्ला स्तरीय पुरुष भलिबल प्रतियोगिता सुरु

होमनाथ पौडेल -देवचुली

जनजागृत युवा क्लव ,देवचुली ९ विशालटारद्वारा आयोजित २५ औँ जिल्ला स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिताको उदघाटन आज सम्पन्न भएको छ । देवचुली नगरपालिकाका नगर प्रमुख पूर्णकुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न समारोहको अध्यक्षता क्लवका अध्यक्ष कृष्ण बहादुर आलेले गर्नुभएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी श्रेष्ठले देबचुली नगरपालिकाले खेलकुद क्षेत्रको बिकासमा सक्दो सहयोग गर्ने बताउनुभएको थियो । कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष विकास खड्का,देबचुली नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष मेखबहादुर थापा सारु मगर, क्लवका संस्थापक अध्यक्ष एवं देवचुली-९ का वडा सदस्य टेक बहादुर गाहा लगायतका स्थानिय संघ संस्थाका प्रतिनिधि,बुद्धिजीवी ,समाजसेबी लगायत खेलप्रेमी महानुभाबको उपस्थिती रहेको थियो । भलिबल खेलमा प्रथम हुने टिमलाई नगद रु ५०,०००, मेडल र प्रमाणपत्र , द्वितीय हुने टिमलाई नगद रु २५०००,मेडल र प्रमाणपत्र र सेमिफाइनलमा प्रवेश गर्ने दुई टिमलाई नगद र ७५००, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जानकारी दिएको छ । रोजिना सुनचाँदी पसल, देवचुली-१३ र आयोजक टिम बिच सम्पन्न पहिलो खेलमा रोजिना सुनचाँदी पसलले जित हाँसिल गरेको बताईएको छ । भलिबल प्रतियोगितामा टिमको सहभागिता रहेको छ भने उदघाटन खेल घुमाउरी पिकनिक स्पटको खेल मैदानमा सम्पन्न भएको हो ।

प्रकाशित : २०७६ पुष १५ गते १७:०५
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI