प्रम ओली र मोदीबीच फोन वार्ता मोदीलाई भ्रमणको निम्तो

NAWALPUR TIMES
प्रकाशित : २०७६ पुष १६ गते १२:३७
प्रम ओली र मोदीबीच फोन वार्ता मोदीलाई भ्रमणको निम्तो

काठमडौं, पुस १६ गते । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्रमोदीबीच टोलिफोन वार्ता भएको छ ।
बुधबार विहान १०ः३० बजे भएको सो फोन वर्तामा नयाँ वर्षको शुभकामना आदानप्रदान हुनुका साथै प्रधानमन्त्री ओलीले भारतीय प्रमलाईनेपाल भ्रमणको निम्तो दिनुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताउनु भएको छ ।
त्यस क्रममा प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्यस्थितिप्रति राख्नुभएको चासो र शुभेच्छाको लागि भारतीय प्रधानमन्त्री मोदीजीलाई आफ्नो तर्फबाट धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
टेलिफोन संवादको क्रममा दुई देशबीचको सम्बन्धलाई नयाँ उचाईमा पुर्याउन सन् २०१९ सफल रहेको र बाँकी समस्याहरू पनि समाधान गर्दै सम्बन्धलाई अझै उचाइमा पुर्याउन सन् २०२० सफल रहने पनि उहाँहरूले विश्वास व्यक्त गर्नुभएको थियो

प्रकाशित : २०७६ पुष १६ गते १२:३७
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI