विद्यार्थीलाई न्यानो कपडा वितरण

NAWALPUR TIMES
प्रकाशित : २०७६ पुष १६ गते १७:१३
विद्यार्थीलाई न्यानो कपडा वितरण


राजु चापागाई
१६ पौष,

हुप्सेकोट गाउँपालिका वडा नम्बर ५ स्थित त्रिभुवन आधारभुत विद्यालयका विद्यार्थीहरुलाई न्यानो कपडा बितरण गरिएको छ । युवा अभियन्ताहरुले सामाजिक संजाल फेसबुकमा संचालन गरेको अभियान मार्फत आर्थिक सहयोग संकलन गरि न्यानो कपडा बितरण गरिएको हो । आज एक कार्यक्रमका बिच त्रिभुवन आधारभुत विद्यालयका कक्षा ०५ सम्म अध्ययन गर्ने ५५ बिध्यार्थिलाई स्विटर र टोपी बितरण गरिएको थियो । अभियान अन्तर्गत यस अघि देवचुली नगरपालिका १६ बाह्रकोलका ८५ जना विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिसकिएको अभियन्ता दिपक शर्माले जानकारी दिए ।


नवलपुरको करिब १०० जना विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गर्ने लक्ष्य राखी सुरु गरिएको अभियानमा दुई विद्यालयका १४० जना विद्यार्थीहरुलाई न्यानो कपडा बितरण गरिएको हो ।


युवा अभियन्ता विश्वास लामिछानेले चिसो बाट प्रभाबित भएर विद्यार्थीहरु विद्यालय सम्म आउनै नसक्ने अवस्था सृजना भएकाले उनिहरुको पठन पाठनलाई मध्यनजर गर्दै न्यानो कपडा बितरण गरिएको बताएका छन । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नेत्र बहादुर सिंजालीको अध्यक्षता सम्पन्न कार्यक्रममा विद्यालयका प्रधानाध्यापक बसन्ती न्यौपाने,शिक्षक ,बिध्यार्थी,अभिभावकहरुको उपस्थिती रहेको थियो । न्यानो अभियान राजु चापागाई, दिपक शर्मा, विश्वास लामिछाने , दिपक न्यौपाने , विजय सारु र होमनाथ पौडेलले संचालन गरेको बताईएको छ ।

प्रकाशित : २०७६ पुष १६ गते १७:१३
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI