No ads found for this position

मेलमिलाप दिवसमा कोइरालाको उदघोष: अबको महाधिवेशनमा नेतृत्व परिवर्तन

NAWALPUR TIMES
प्रकाशित : २०७६ पुष १६ गते २१:२०
No ads found for this position
मेलमिलाप दिवसमा कोइरालाको उदघोष: अबको महाधिवेशनमा नेतृत्व परिवर्तन
No ads found for this position

नवलपुर-नेपाली काङ्ग्रेसका महामन्त्री डा.शशांक कोइरालाले अबको महाधिवेशन बाट काङ्ग्रेसको नेतृत्व परिवर्तन हुने बताएका छ्न । बिपि अध्ययन प्रतिष्ठान नवलपुरले बुधबार कावासोतीमा राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा आयोजना गरेको बिपि विचार र वर्तमान सन्दर्भ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै कोइरालाले यस्तो बताएका हुन । कार्यक्रममा बोल्दै कोइरालाले पार्टी भित्र देखिएको गुटउपगुट हटाएर पार्टीलाई एक ढिक्का बनाउनका लागि पनि अबको महाधिवेशन बाट नेतृत्व परिवर्तन हुनु पर्ने कुरा जिकिर गरे । पार्टी भित्र देखिएका समस्यालाई समाधान गर्न सभापतिलेनै सहमति को प्रयास नगरेको कोइरालाको आरोप थियो ।कार्यक्रमलाई सम्बोधन गर्दै काङ्ग्रेसका अर्का केन्द्रिय सदस्य मिनेन्द्र रिजालले आफ्नै पार्टी नेतृत्वको कारणले सरकारको गैरलोकतान्त्रिक चरीत्रको विरोध गर्न नैतिक रूपमा प्रश्न खडा भएको आरोप लगाए । सरकार वाक स्वतन्त्रता विरुद्ध बहुमत प्रयोग गरेर लागेको र आफ्नै पार्टी भित्र पनि बहुमतले पेल्ने रबैया हाबी भएको बताउदै सरकार र पार्टीको नेतृत्व दुबै देशको हितमा नभएको आरोप लगाएका छन । कार्यक्रममा बोल्दै काङ्ग्रेसका अर्का केन्द्रिय सदस्य गुरुराज घिमिरेले पार्टीलाई नयाँ जीवन दिनका लागी पनि पार्टी नेतृत्व परिवर्तन हुनु पर्ने बताएका छन । कार्यक्रममा योजना आयोगका पुर्व उपाध्यक्ष गोविन्द पोख्रेल , नेपाली काङ्ग्रेस नवलपुरका सभापति एवं प्रदेश सभा सदस्य विष्णु लामिछाने , संविधान सभा सदस्य महेन्द्रध्वज जिसि, प्रदेश सांसद ओमकला गौतम, महासमिति सदस्य विष्णुकुमार कार्कीलगाएतका नेताहरुले बोलेका थिए । बिपि अध्ययन प्रतिष्ठान नवलपुरकी अध्यक्ष विष्णुदेवी पाण्डेको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रकाशित : २०७६ पुष १६ गते २१:२०
No ads found for this position
Copyright © 23 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI