पेट्रोलियम पदार्थको मुल्य वृद्धि

NAWALPUR TIMES
प्रकाशित : २०७६ पुष १६ गते २२:०७
पेट्रोलियम पदार्थको मुल्य वृद्धि

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खुद्रा मूल्यमा प्रतिलिटर २ रुपैयाँ वृद्धि गरेको छ । भारतीय आयल निगमले पठाएको नयाँ मूल्य सूची अनुसार इन्धनको मूल्य बढेको निगमले विज्ञप्तीमा उल्लेख गरेको छ । वृद्धि भएको मूल्य बुधबार राति १२ बजेदेखि लागू हुने निगमले जनाएको छ ।

नयाँ मूल्य सूची अनुसार काठमाडौं, सुर्खेत र दिपायलको लागि प्रतिलिटर पेट्रोल १ सय ११ रुपैयाँ निर्धारण गरिएको छ। त्यस्तै पोखरा र दाङमा प्रतिलिटर पेट्रोल १ सय १० रुपैयाँ ५० पैसा र अन्य तराई क्षेत्रमा १ सय ९ रुपैयाँ ५० पैसा निर्धारण गरेको निगमले जनाएको छ। डिजेलरमट्टितेलको खुद्राबिक्री मूल्य १ सय रुपैयाँ निर्धारण गरिएको छ।

त्यस्तै, डिजेलरमट्टितेलको मूल्य पोखरा, दाङको लागि ९९ रुपैयाँ ५० पैसा र अन्य तराई क्षेत्रका लागि ९८ रुपैयाँ ५० पैसा तोकेको निगमले जनाएको छ। निगमले हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य भने यथावतै रहेको जनाएको छ।

प्रकाशित : २०७६ पुष १६ गते २२:०७
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI